ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संवैधानिक नियुक्ति कानुनमा राष्ट्रपतिको स्थायी विमति
2082 General Election Update

संवैधानिक नियुक्ति कानुनमा राष्ट्रपतिको स्थायी विमति

Inquiry Nepal Inquiry Nepal May 4, 2026 at 7:48 AM 84 views
<p>काठमाडौं । संवैधानिक परिषद् नियुक्तिसम्बन्धी कानुनी प्रावधानमा सरकार र व्यवस्थापिका संसदसँग राष्ट्रपति रामचन्द्र पौडेलको स्थायी विमति देखिएको छ । संवैधानिक परिषदबाट हुने नियुक्तिलाई सरकार (प्रधानमन्त्री) अनुकूल बनाउने उद्देश्यसहित अध्यादेश र विधेयकमार्फत संशोधन भएका तीनवटा प्रावधानलाई राष्ट्रपति पौडेलले अस्वीकार गरिसकेका छन् । मध्यावधि निर्वाचनमार्फत रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको दुईतिहाइ नजिकको सरकारले गत १४ [&#8230;]</p> <p>The post संवैधानिक नियुक्ति कानुनमा राष्ट्...

काठमाडौं । संवैधानिक परिषद् नियुक्तिसम्बन्धी कानुनी प्रावधानमा सरकार र व्यवस्थापिका संसदसँग राष्ट्रपति रामचन्द्र पौडेलको स्थायी विमति देखिएको छ ।

संवैधानिक परिषदबाट हुने नियुक्तिलाई सरकार (प्रधानमन्त्री) अनुकूल बनाउने उद्देश्यसहित अध्यादेश र विधेयकमार्फत संशोधन भएका तीनवटा प्रावधानलाई राष्ट्रपति पौडेलले अस्वीकार गरिसकेका छन् ।

मध्यावधि निर्वाचनमार्फत रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको दुईतिहाइ नजिकको सरकारले गत १४ वैशाखमा सिफारिस गरेको अध्यादेश पनि राष्ट्रपतिले आइतबार फिर्ता पठाएका छन् ।

सरकारले १४ वैशाखमै सिफारिस गरेका अन्य सातवटा अध्यादेश भने राष्ट्रपतिले जारी गरिसकेका छन् । संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश भने ६ सदस्यीय परिषदमा ३ जनाले मात्र निर्णय गर्न सक्ने व्यवस्था, संविधानअनुसार आवश्यक गणपूरक संख्या र बहुमतीय प्रणाली उल्लंघन भएको र अघिल्ला पटक उठाइएका प्रश्नहरूको निरूपण नगरी पुनः पेस गरिएकोलगायतका कारण देखाएर फिर्ता भएको छ ।

फिर्ता गर्नुअघि राष्ट्रपतिले औपचारिक रूपमा कानुनव्यवसायी र अनौपचारिकरूपमा विभिन्न राजनीतिक दल र नागरिक अगुवासँग विमर्श गरेका थिए । यसअघि संसदवाट पारित भएको विधेयक र केपी शर्मा ओली नेतृत्वको सरकारले पेस गरेको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण र जारी नगरी फिर्ता गरिसकेका छन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युले नेपालको संविधानबमोजिम यसअघि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि मिति २०८२/०३/२५ मा पेस भएकोमा सन्देशसहित उक्त विधेयक फिर्ता पठाइएको, तत्कालीन मन्त्रिपरिषद्को मिति २०८२/०८/०२ को निर्णयबमोजिम प्राप्त भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी नभएकोसमेत स्मरण गराउँदै सम्वत् २०८३/०१/१४ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाउनु भएको छ,’ राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले तत्कालीन संसद्का दुवै सदनले पारित गरेर पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक २ मंसिर २०८२ मा प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए ।

विधेयकमा बहुमतबाट निर्णय गर्न सक्ने भन्ने व्यवस्था लोकतान्त्रिक र संवैधानिक मान्यताको अनुकूल नभएकोलगायतका कारण देखाएर प्रतिनिधिसभामै फिर्ता पठाएका थिए ।

यसपटक सरकारले त्यही प्रावधान समेटेर अध्यादेश सिफारिस गरेका कारण पनि जारी गर्न नसकिने राष्ट्रपति पौडेलको भनाइ छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद् ६ सदस्यीय हुने उल्लेख छ । प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् ।

परिषद्को निर्णय बहुमतले गर्ने गर्नुपर्नेमा विधेयकमा ३ जना अर्थात् ५० प्रतिशत संख्याबाट पनि निर्णय गर्न सक्ने प्रावधान राखेर पारित भएको विधेयक उनले फिर्ता गरेका थिए । यसपटक पनि ३ जना अर्थात् ५० प्रतिशतले निर्णय लिन सक्ने व्यवस्था राखिएको छ ।

त्यसबेला विधेयक फिर्ता गर्दा राष्ट्रपतिले विधेयक संवैधानिक मान्यताको खिलाफ हुन नहुने, प्रचलित ऐनमा परिषद्को बैठक बस्न गणपूरक संख्या अध्यक्ष र चार जना सदस्य उपस्थिति अनिवार्य हुनुपर्नेमा संसद्ले पारित गरेको विधेयकमा गणपूरक संख्या अध्यक्ष र ५ जना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा ३ जना सदस्यसहित ४ जनालाई मानिने उल्लेख भएकाले फिर्ता गरिएको उल्लेख थियो ।

संवैधानिक परिषद्का अध्यक्ष र एक जना सदस्य भएपनि संवैधानिक परिषद्को बैठक बस्न सक्ने र नियुक्तिको सिफारिसको निर्णय लिन सक्ने प्रावधानसहित विधेयक फिर्ता गरेकाले यसपटक पनि यस्तै प्रावधानसहितको अध्यादेश आएकाले जारी नगरी पुनर्विचारका लागि फिर्ता पठाइएको हो ।

The post संवैधानिक नियुक्ति कानुनमा राष्ट्रपतिको स्थायी विमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082