ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
समानुपातिकतर्फ रास्वपाको मत ५० लाख नाघ्यो, अन्यको कति ?
2082 General Parties

समानुपातिकतर्फ रास्वपाको मत ५० लाख नाघ्यो, अन्यको कति ?

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 11:21 AM 47 views
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ मत ५० लाख नाघेको छ।...

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ मत ५० लाख नाघेको छ। कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना गर्दा रास्वपाले ५० लाख १३ हजार १८९ मत प्राप्त गरेको हो।

त्यस्तै नेपाली कांग्रेसले १६ लाख ९४ हजार ७८२ मत पाएको छ भने नेकपा एमालेले १४ लाख १२ हजार ८८४ मत प्राप्त गरेको छ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६८ हजार ८ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६७ मत ल्याएको छ।

यस्ते, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ३४४ मत ल्याएको छ। मतगणना जारी छ।

parties election 2082