ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा ‘मिसन २०८४’मा जुट्दा पुराना दल भने घर झगडामै
2082 General Parties Update

रास्वपा ‘मिसन २०८४’मा जुट्दा पुराना दल भने घर झगडामै

Inquiry Nepal Inquiry Nepal May 3, 2026 at 8:45 PM 53 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘मिसन २०८४’मा जुटेको छ । सरकारले २०८४ को वैशाख÷जेठमा प्रदेश सभा सदस्य र पालिका निर्वाचन गराउने तयारीमा जुटेसँगै रास्वपा ‘मिसन २०८४’मा जुटेको हो । २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामबाट उत्साही रास्वपा स्थानीय तह निर्वाचन तयारीमा होमिएको छ । तर, पुराना भनिएका राजनीतिक दल ‘घर झगडा’मै [&#8230;]</p> <p>The post रास्वपा ‘मिसन २०८४’मा जुट्दा पुराना दल भने घर झगडामै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रि...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘मिसन २०८४’मा जुटेको छ । सरकारले २०८४ को वैशाख÷जेठमा प्रदेश सभा सदस्य र पालिका निर्वाचन गराउने तयारीमा जुटेसँगै रास्वपा ‘मिसन २०८४’मा जुटेको हो । २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामबाट उत्साही रास्वपा स्थानीय तह निर्वाचन तयारीमा होमिएको छ । तर, पुराना भनिएका राजनीतिक दल ‘घर झगडा’मै रुमल्लिएका छन् । रास्वपा ‘मिसन २०८४’को तयारी तीव्र गतिमा अघि बढाउँदै गर्दा पुराना राजनीतिक दलभित्र आन्तरिक किचलो बढ्दै गइरहेको छ ।

नेपाली कांग्रेसभित्र तीन गुट सक्रिय छन् । यी गुटले पार्टी एकतामा जोड दिए पनि समानान्तर गतिविधि जारी राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली हटाउने अभियानलाई युवा–विद्यार्थी नेताले तीव्र पारेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महाधिवेशन तयारीमा जुटेको छ । नेकपामा पनि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका ज्येष्ठ नेतालाई जिम्मेवारीबाट हटाउनुपर्ने बहस जारी छ । युवानेताले नेतृत्व परिवर्तन बहस तीव्र पारेपछि संयोजक र सहसंयोजकले बैठक बोलाउनसमेत सकेका छैनन् । गत ३ वैशाखमा बसेको बैठकमा केन्द्रीय समितिका ४० सदस्यले नेतृत्व हस्तान्तरणलगायत विषयमा मागेको जवाफ नदिई प्रचण्ड र माधवले अचानक बैठक स्थगित गरे । त्यसयता पार्टी बैठकसहितका आन्तरिक गतिविधि ठप्प प्रायः छ ।

राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापनासहित संघीयता खारेजी माग गर्दै अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पनि आन्तरिक किचलोले विभाजननजिक पुगेको छ । महामन्त्री धवल शमशेर राणा नेतृत्वको संस्थापनइतर समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल पार्टी महाधिवेशन मिति घोषणा गर्न ‘अल्टिमेटम’समेत दिइसकेको छ ।

आगामी जेठभित्र महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको निर्णयअनुसार निष्पक्ष व्यक्तित्वको संयोजकत्वमा महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन राणा नेतृत्वको टिमले निरन्तर दबाब दिँदा पार्टी विभाजनको डिलमा पुगेको नेता बताउँछन् ।

पुराना भनिएका कांग्रेस, एमाले, नेकपा, राप्रपालगायतका दलमा आन्तरिक किचलो झनझन बढ्दै गइरहेका बेला रास्वपा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटमा जुटेको छ । प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट जितेको छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह सरकारको नेतृत्व गर्दै छन् । निर्वाचन परिणामबाट उत्साही भएको रास्वपाले अब हुने प्रदेश सभा सदस्य र पालिकाको निर्वाचनमा समेत राम्रो परिणाम ल्याउने गरी आन्तरिक तयारीमा जुटेको छ ।

रास्वपाको सचिवालय बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बस्दै छ । बैठकमा समसामयिक राजनीतिक, पार्टीको आगामी कार्यक्रमसहित संगठनात्मक गतिविधिको ’boutमा छलफल हुने बताइएको छ । सोही बैठकमा पार्टीले गठन गरेको स्थानीय तह निर्वाचनको छनोट समितिले अहिलेसम्मको अवस्थाको ’boutमा रिपोर्टिङ गर्दै छ ।

रास्वपा सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा पार्टीले सात सदस्यीय उम्मेदवार छनोट तथा म्यान्डेट क्लब सम्पादन समिति गठन गरेको थियो । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको रास्वपाले सचिवालय बैठकमा छलफल गर्दै छ ।

पार्टीको केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार देशभरका प्रदेश, जिल्ला, पालिका र वडा तहमा समन्वय गरेर व्यवस्थित रूपमा उम्मेदवार सिफारिस गर्न निर्देशन आचार्य नेतृत्वको समितिलाई दिइएको थियो । पार्टीले उम्मेदवार छनोटलाई पारदर्शी, सहभागितामूलक र व्यवस्थित बनाउन केन्द्रीय स्तरमा विशेष समिति गठन गरेर उम्मेदवार छनोटमा जुटेको छ । समितिले आवश्यक मापदण्ड तयार पार्दै योग्य, सक्षम र जनउत्तरदायी व्यक्तिहरूलाई प्राथमिकता दिने बताइएको छ ।

परिपत्रमा उल्लेख गरिएअनुसार वडा तहबाट सुरु हुने सिफारिस प्रक्रिया पालिका, जिल्ला हुँदै प्रदेशमार्फत केन्द्रीय समितिसम्म पठाइनेछ । यसका लागि स्पष्ट समयसीमा तोकिएको छ, जसअनुसार तोकिएको मितिभित्र सबै तहले आफ्नो सिफारिस पेस गर्नुपर्नेछ ।

पार्टीले उम्मेदवार छनोट प्रक्रियामा स्थानीय तहका कार्यकर्ताको सुझावलाई विशेष महत्त्व दिने र आवश्यक परेमा डिजिटल माध्यमबाट समेत विवरण संकलन गरिने जनाएको छ । साथै, सबै समितिलाई समयमै प्रतिवेदन पेस गर्न र समन्वयमा काम गर्न आग्रह गरिएको छ । यस कदमलाई आगामी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने रणनीतिक तयारीका रूपमा हेरिएको छ ।

गत ७ वैशाखमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सहमहामन्त्री आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति बनाएको थियो । समितिले ‘म्यान्डेट क्लब’ मार्फत २० वैशाखमा उम्मेदवार आह्वान गर्ने तयारी गरेको छ । यसअघि २०७९ सालको निर्वाचन, २०८२ कात्तिकमा हुने भनिएको उपनिर्वाचन र जेनजी आन्दोलनपछि फागुनमा भएको निर्वाचनमा उम्मेदवार छनोट मापदण्ड पनि आचार्यले नै बनाएका थिए । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट मापदण्ड बनाउने जिम्मेवारी समेत पाएपछि आचार्य गृहकार्यमा जुटेका छन् ।

पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग, पार्टीका सबै विभाग, केन्द्रीय समिति, संसदीय दल र पार्टीको सल्लाहकार परिषद्सँग छलफल गरेर आचार्य नेतृत्वको समितिले सुझाव लिइरहेको छ । उम्मेदवार छनोट प्रक्रिया जटिल रहे पनि अघिल्लो पटक प्रयोगमा आएको उम्मेदवार छनोट मापदण्ड लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचन प्रणाली संशोधनसहित लागू हुने संयोजक आचार्यले जनाएका छन् ।

स्थानीय तहमा ७५३ पालिका, ६ हजार ७४३ वडा छन् । एक हजार ५०६ पालिका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, त्यति नै संख्यामा दलित महिला सदस्य र १३ हजार ४८६ खुला सदस्य गरी ३५ हजार २२१ जनाको निर्वाचन हुनेछ ।

२०८४ मा हुने स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन राष्ट्रिय सभामा रिक्त हुने एकतिहाइ सदस्य निर्वाचित गर्न महŒवपूर्ण हुने भएकाले पनि सबैको चासो देखिएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रदेश सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहने छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका पालिका प्रमुख–उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता समेत हुन् ।

The post रास्वपा ‘मिसन २०८४’मा जुट्दा पुराना दल भने घर झगडामै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082