ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
अध्यादेश जारी भएकोमा हर्कको आपत्ति, भन्छन्- सदन किन चाहियो नत्र ?
2082 General Parties

अध्यादेश जारी भएकोमा हर्कको आपत्ति, भन्छन्- सदन किन चाहियो नत्र ?

Inquiry Nepal Inquiry Nepal May 2, 2026 at 9:13 PM 39 views
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारको सिफारिसमा राष्ट्रपतिले एकपछि अर्को अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएका छन्।...

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारको सिफारिसमा राष्ट्रपतिले एकपछि अर्को अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएका छन्।

संसद् अधिवेशन छलेर अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले राष्ट्रपतिको कदम र संसद्को औचित्यमाथि प्रश्न उठाए।

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार मात्रै मन्त्रिपरिषद्को सिफारिसमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका थिए।

हर्क थप लेख्छन्- राष्ट्रपति पनि सरकारले जे ल्यायो पास गर्छ बस्छ !

राष्ट्रपति पौडेलले यसअघि पनि सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद प्रक्रियासम्बन्धी अध्यादेशहरू जारी गरिसकेका छन्।

पछिल्ला अन्य अध्यादेशहरूका विषयमा भने राष्ट्रपतिले अध्ययन गरिरहेको र कानुनविद्हरूलाई शीतल निवास बोलाएर छलफल समेत गरिरहेका छन्।

संसद्को क्षेत्राधिकार मिचेर कार्यपालिकाले अध्यादेशको सहारा लिएको भन्दै विपक्षी दल र स्वतन्त्र सांसदहरूले यसअघि पनि सरकारको आलोचना गर्दै आएका छन्।

parties election 2082