ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, कमला पन्त मनोनीत

Inquiry Nepal Inquiry Nepal April 29, 2026 at 12:45 PM 50 views
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उनलाई राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको हो । यस्तै, उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनीत गरिएको छ ।  यसैगरी, कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको...
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उनलाई राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको हो । यस्तै, उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनीत गरिएको छ ।  यसैगरी, कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।
candidates election 2082