ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस संसदीय दलको नेता बन्दै आङ्देम्बे
2082 General Parties

कांग्रेस संसदीय दलको नेता बन्दै आङ्देम्बे

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 1:48 PM 66 views
कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो।...

नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनलाई दलको नेता बनाउने सहमति भएको हो।

सो सहमतिलाई अब सिंहदरबारमा बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ।

आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए।

पार्टीको आन्तरिक किचलोका कारण संसदीय दलको नेता चयनमा ढिलाइ भएको हो ।

parties election 2082