ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस संसदीय दलको नेता चयनमा सकस
2082 General Parties Update

कांग्रेस संसदीय दलको नेता चयनमा सकस

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 12:03 PM 42 views
<p>काठमाडौं । निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दासमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्रको आन्तरिक टकराब एवं शक्ति संघर्षले दल नेता चयनमा सकस भएको हो । सहमतिका नाममा निर्वाचन कार्यसमेत रोकिएको छ । निर्वाचन कार्य रोकिएपछि दलको नेता चयन अनिश्चित बनेको छ । सर्वसम्मतिको प्रयास असफल [&#8230;]</p> <p>The post कांग्रेस संसदीय दलको नेता चयनमा सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onli...

काठमाडौं । निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दासमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीभित्रको आन्तरिक टकराब एवं शक्ति संघर्षले दल नेता चयनमा सकस भएको हो । सहमतिका नाममा निर्वाचन कार्यसमेत रोकिएको छ । निर्वाचन कार्य रोकिएपछि दलको नेता चयन अनिश्चित बनेको छ ।

सर्वसम्मतिको प्रयास असफल भएपछि कांग्रेसले दलको नेता चयन गर्नका लागि शुक्रबार निर्वाचनबाटै छनोट गर्ने प्रक्रियासमेत स्थगित गरेको छ । अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दलको नेता बन्ने दौडधुपमा रहेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापाको ससुरा समेत रहेका केसी सर्वसम्मतबाटै दलको नेता बन्न चाहन्छन् । निर्वाचनबाट दलको नेता छनोट गर्ने अवस्था आए निर्वाचन प्रक्रियामा सहभागी नहुने बताउँदै आएका केसी दलको नेता छिट्टै चयन हुनुपर्ने बताउँछन् । केसीले ज्येष्ठ सदस्यको हैसियतमा अन्य सांसदहरूलाई सपथ खुवाएका थिए भने सभामुख चयनपूर्व सदनसमेत चलाएका थिए ।

आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मासहित निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला समूहको समेत समर्थन रहेको छ । आचार्यलाई भने सभापति थापाले समर्थन गरेका छन् । आचार्य विशेष महाधिवेशन र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर नेता हुन् । कांग्रेसको १४औं महाधिवेशनमा आङ्देम्बे देउवा पक्षबाट सहमहामन्त्रीमा र आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेसले संसदीय दलको नेता चयनमा ढिलाइ गर्दा संवैधानिक परिषद्समेत अपूर्ण छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ, जहाँ प्रतिनिधिसभाको विपक्षी दलका नेता सदस्य हुन्छन् । प्रधानमन्त्रीको अध्यक्षतामा हुने ६ सदस्यीय परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य हुन्छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसको दलको नेता संवैधानिक परिषद् सदस्य हुनेछन् । परिषद्ले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्नेछ ।

तर कांग्रेसले दलको नेता चयन गर्नमा अझै सर्वसम्मतको प्रयास जारी राखेको छ । निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिको प्रयास भए पनि आकांक्षीले अडान नछाडेपछि शीर्ष नेतृत्व नै दबाबमा परेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समन्वय समितिले सहमतिको प्रयास जारी राखेको छ । उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहेको समन्वय समितिले सहमति जुटाउन आकांक्षीसँग संवाद गरिरहेको छ ।

कांग्रेसले सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् । पार्टीको बृहत्तर हित, लोकतन्त्र र संविधानमाथि आएका चुनौती सामना गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको स्नेहीले बताए ।

सोमबार (आज) पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको बताउँदै स्नेहीले बैठकमा सभापति थापाले सर्वसम्मत प्रस्ताव पेस गर्ने बताए । सभापति थापाको प्रस्तावअनुसार दलको नेता चयन गर्दै निर्वाचन समितिले निर्वाचित भएको घोषणा गर्ने उनले बताए ।

विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिले सर्वोच्चबाट मान्यता पाएपछि कांग्रेसको विवाद थप जटिल देखिएको छ । १४औं महाधिवेशन पक्षधरले निवर्तमान केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको भेलासमेत बोलाएको छ । देउवा समूहले पार्टीमा समानान्तर गतिविधि गर्दै आएको छ । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसले दलको नेता चयनका लागि सर्वसम्मतको नाममा ढिलाइ गर्दै आएको छ । दलको नेता चयनका लागि काठमाडौं उपत्यका बाहिर रहेका सांसदलाई गत सोमबारसम्ममा काठमाडौं आइपुग्न यसअघि सूचना गरिएको थियो ।

प्रतिनिधिसभामा ३८ सिट रहेकोमा सभापति थापा समूहका १६ जना मात्रै सांसद रहेका छन् । देउवा समूहसँग १५ र कोइराला समूहसँग ७ जना सांसद रहेका छन् । कोइराला समूहका सांसद जुन समूहमा जान्छ उही समूहका नेता दलको नेता हुने निश्चित छ । थापा र देउवा समूहले कोइराला समूहलाई फकाउँदै विभिन्न आश्वासन दिइरहेको छ । पछिल्लो समय देउवा समूहसँगै रहेको कोइराला समूहले केही समययता देउवा समूहसँग सम्बन्ध विच्छेद गरिसकेको छ ।

The post कांग्रेस संसदीय दलको नेता चयनमा सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082