ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 7:43 AM 66 views
<p>काठमाडौं । कक्षा १२ को परीक्षा सोमबारदेखि सञ्चालन हुँदै छ । परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन्। २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन्। जापानको एभरेस्ट [&#8230;]</p> <p>The post कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा appeared first on RONB post.</p>

काठमाडौं । कक्षा १२ को परीक्षा सोमबारदेखि सञ्चालन हुँदै छ । परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन्। २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन्।

जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिँदैछन्। काठमाडौं जिल्लामा सबैभन्दा धेरै ६४ हजार ३ सय ३८ र मनाङमा सबैभन्दा थोरै ३१ परीक्षार्थी छन् ।

परीक्षा सकिएको डेढ महिना (४५ दिन) भित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । २७ वैशाखमा परीक्षा सकिनेछ ।

The post कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा appeared first on RONB post.

results election 2082