ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

जेनजी आन्दोलनमा बाहिर निस्किएको सेना अझै सडकमै, सुकुमवासी बस्ती खाली गर्दा पहरा

Inquiry Nepal Inquiry Nepal April 26, 2026 at 12:36 PM 68 views
काठमाडौं । जेनजी आन्दोलनका बेला भदौ २४ गते राति ८ बजे ब्यारेकबाट सडकमा औपचारिक रुपमा निस्किएको सेना अझै सडकमै छ । जंगी अड्डाले अझैसम्म पनि सेना ब्यारेक फर्केको औपचारिक जानकारी दिएको छैन । चुनाव होस् अहिले सुकुमवासी बस्ती खाली गर्दा होस् सेना सडकमै देखिएको छ । बाहिर निस्केको सेना ब्यारेक नफर्केसम्म सडकमै बस्ने हो । […]

काठमाडौं । जेनजी आन्दोलनका बेला भदौ २४ गते राति ८ बजे ब्यारेकबाट सडकमा औपचारिक रुपमा निस्किएको सेना अझै सडकमै छ ।

जंगी अड्डाले अझैसम्म पनि सेना ब्यारेक फर्केको औपचारिक जानकारी दिएको छैन । चुनाव होस् अहिले सुकुमवासी बस्ती खाली गर्दा होस् सेना सडकमै देखिएको छ । बाहिर निस्केको सेना ब्यारेक नफर्केसम्म सडकमै बस्ने हो । सेना सडकमा परिचालन हुन संकटकाल लगाउनुपर्छ, न मन्त्रिपरिषदले स्वीकृति दिनुपर्छ । सैनिक ऐनको दफा ३८ (क) अनुसार सिंहदरवार जोगाउन मन्त्रिपरिषदको स्वीकृति चाहिने भन्ने सेना अहिले सुकुमवासी बस्ती खाली गर्दा सडकमा उत्रिनुलाई सामान्य मानिएको छैन । त्यही भएर अहिलेको सरकारलाई जंगी अड्डाको सरकार भन्दै योजनाकार प्रधानसेनापति अशोकराज सिग्देल भएको आरोप लागेको छ ।

जेनजी आन्दोलनका बेला सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जल्दा सेना कतै देखिएन । अहिले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा हतियारसहित सेना परिचालन भएको छ । संसद् भवन, सिंहदरवार, सर्वोच्च अदालत र राष्ट्रपति भवन जस्तो अभेद्य र दुर्भेद्य मानिएका संरचना आगो लगाउँदा सेना मूकदर्शक बनेको थियो ।

सात करोड हाराहारी जनसंख्या भएको बेलायतको सेनाको संख्या दुई लाखभन्दा थोरै छ । चार करोड जनसंख्या भएको क्यानडाको सेना ५० हजार पनि छैन । १८ करोड हाराहारी जनसंख्या भएको बंगलादेशको सेना दुई लाख हाराहारी छ । तर तीन करोड जनसंख्या भएको नेपाल जस्तो गरिब देशका सेना एक लाखभन्दा बढी छन् । न नेपाली सेनाले सीमा जोगाएको छ । न नागरिकको जीउधनको रक्षा नै गर्न सकेको छ । जहिले पनि नेपाली सेना कुनै एक व्यक्तिको बफादार मात्र बनेको देखिन्छ ।

यतिबेला रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह बालेन प्रधानमन्त्री छन् । रक्षा र गृहमन्त्री पनि उनी आफैं छन् । हातमा सेना र प्रहरीको सम्पूर्ण बागडोर भएकैले बालेनले सुकुमवासीको चित्कारको बेवास्ता गर्दै बस्ती खाली गराउन अभूतपूर्व सफलता हासिल गरेका छन् । धेरै यसलाई सेना र प्रहरीको बुटमा सुकुमवासीको चित्कार दबाइएको भन्दै विश्लेषण गरेका छन् ।

election election 2082