ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
०७२ को भुकम्पको प्रभावः शैलुङ पालिकामा सर्ने रोग घट्यो
2082 General Results Result

०७२ को भुकम्पको प्रभावः शैलुङ पालिकामा सर्ने रोग घट्यो

Inquiry Nepal Inquiry Nepal April 25, 2026 at 9:52 AM 61 views
दोलखा । दोलखाको कुनाका वस्ति हुन् ताम्चेत दुधपोखरी र भुषाफेदा । शैलुङ गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने यी गाउँ लगभग सुनसान जस्तै छ । २०७२ बैशाख १२ गतेको भुकम्पको त्रास मनबाट हटिनसकेको बताउने यी गाउँका स्थानीय त्यो त्रासदिपछि गाउँमा केही राम्रा– केही नराम्रा नतिजा देखिएको बताउछन् । शैलुङ गाउँपालिका वडा नम्बर– २ […]

दोलखा ।

दोलखाको कुनाका वस्ति हुन् ताम्चेत दुधपोखरी र भुषाफेदा । शैलुङ गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने यी गाउँ लगभग सुनसान जस्तै छ । २०७२ बैशाख १२ गतेको भुकम्पको त्रास मनबाट हटिनसकेको बताउने यी गाउँका स्थानीय त्यो त्रासदिपछि गाउँमा केही राम्रा– केही नराम्रा नतिजा देखिएको बताउछन् । शैलुङ गाउँपालिका वडा नम्बर– २ भुषाफेदा स्थित घट्टेखोलामा स्वास्थ्य चौकी भवनसंगै सानो होटल र पसल चलाएर बसेकी ६५ बर्षिय कालिका लामा २०७२ को विनाशकारी भुकम्प पछि गाउँमा मानिसहरु रित्तिदै गएको तितो यर्थाथ सुनाउछिन् ।

भुकम्प पछि अनुदानको घर त सबैले बनाएका छन् तर मानिसको बसोबास चाहि कि विदेश, कि काठमाडौँ तिर छ– कालिका लामाले भनिन् । कोही विदेशमा कमाई गर्न गए, कोहि छोरा– छोरी पढाउन काठमाडौँ पुगेका छन् कालिकाले भनिन्– गाउँमा त हामी जस्ता जेष्ठ नागरिकहरु मात्र छौ । भुकम्प पछि प्रत्येक वडामा स्वास्थ्य चौकी र स्वास्थ्यकर्मी हुने भएकोले अहिले गाउँमा झाडापखाला, टिवि जस्ता सर्ने रोगमा भने कमी आएको कालिका लामाको अनुभव छ ।

भुकम्प पछि गाउँमा धेरै एनजिओ– आईएनजिओ आए, सफा बस्नुपर्ने, स्वास्थ्यको ख्याल गर्नुपर्ने जस्ता कुराहरु पढाए, स्वास्थ्यकर्मी र स्वास्थ्यचौकीहरु पनि धेरै भए त्यसैले झाडापखाला जस्ता सरुवा रोग अहिले देखिदैन– उनले भनिन् । शैलुङ वडा नम्बर– २ भुषाफेदा मालिघ्याङका सोम बहादुर श्रेष्ठ पनि भुकम्प पछि सर्ने रोगमा निक्कै कमी आएको बताउछन् । तर क्यान्सर, दम, सुगर, प्रेसर, मिर्गौला जस्ता रोगका विरामीको संख्यामा भने उल्लेख्य बृद्धि भएको सोम बहादुरको भनाई छ ।

भुकम्प पछि गाउँघरमा स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीको संख्या बढेको र सरसफाई गर्नुपर्छ भन्ने चेतनाको विकास भएका कारणले पनि झाडापखाला, टिवि जस्ता सर्नेरोग कम भएको हुनसक्ने सोम बहादुरको भनाई छ । शैलुङ वडा नम्बर– १ ठाँडेका खड्ग बहादुर मोक्तानले पनि २०७२ सालको विनाशकारी भुकम्पले धेरै मानिसलाई विस्थापित बनाएको भएपनि स्वास्थ्य चौकीहरुको राम्रो सुविधाका कारण विगतमा जस्तो झाडापखालाको विरामी भेटिन छोडेको बताए ।

शैलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु कार्की पनि विनाशकारी भुकम्प र कोरोना महामारी पछि पालिकाको सबै वडाहरुमा सर्ने रोग घटेको बताउछन् । भुकम्प अघि सर्ने र नसर्ने रोग बराबरी जस्तै थियो स्वास्थ्य शाखा प्रमुख कार्कीले भने– अहिले सर्ने रोग ३० प्रतिशत र नसर्ने रोग झण्डै ७० प्रतिशत रहेको छ ।

भुकम्प पछि सुविधासम्पन्न स्वास्थ्यचौकी बनेको, चेतनामुलक अभियान सञ्चालन भएको र स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति समेत गाउँ– गाउँमा पुग्ने गरेकोले सर्ने रोग घटेको स्वास्थ्य शाखा प्रमुख कार्की बताउछन् । तर अस्वस्थ खानपानले नसर्ने रोग भने बढायो– उनले भने । शैलुङ गाउँपालिकामा अहिले प्रत्येक वडामा सुविधासम्पन्न भवन सहित स्वास्थ्य संस्था रहेका छन् । भुकम्प पछि गाउँमै प्रशुती सेवा लगायतका धेरै स्वास्थ्य सेवाहरु उपलब्ध रहेको शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ बताउछन् ।

स्वास्थ्य सेवामा भएको विकास, प्रत्येक गाउँमा पालिकाले सञ्चालन गर्दै आएको सचेतना मूलक कार्यक्रम लगायतका कारण भुकम्प पछि सर्ने रोगमा कमी आएको अध्यक्ष श्रेष्ठ बताउछन् । अस्वस्थ खानपान, तरकारी लगायत खाद्य पर्दामा विषादीको प्रयोग आदी कारणले भुकम्प पछि क्यान्सर, मुटु रोग, सुगर लगायतका नसर्ने रोगबाट प्रभावितको संख्यामा भने बृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । कृषि उत्पादनमा विषादीको प्रयोग रोक्न पालिकाले कडाईका साथ काम गरिरहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

results election 2082