2082 General
Parties
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने भनिएको निर्वाचन स्थगित
Inquiry Nepal
Inquiry Nepal
April 24, 2026 at 3:19 PM
45 views
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगन भएको छ । सहमतिमै नेता चयन गर्ने प्रयास स्वरूप निर्वाचन प्रक्रिया स्थगित भएको हो । सहमतिका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समिति समेत गठन भएको छ । यसअघि निर्वाचन प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको थियो । ३८ सांसद रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतामा अर्जुननरसिंह केसी‚ भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच भि...
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगन भएको छ । सहमतिमै नेता चयन गर्ने प्रयास स्वरूप निर्वाचन प्रक्रिया स्थगित भएको हो । सहमतिका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समिति समेत गठन भएको छ । यसअघि निर्वाचन प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको थियो । ३८ सांसद रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतामा अर्जुननरसिंह केसी‚ भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच भिडन्त हुने बुझिएको छ ।
parties
election 2082