ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कलाकारितासँगै राजनीतिमा फेरी फर्कन चाहन्छन् प्रकाश सपुत
2082 General Parties Update

कलाकारितासँगै राजनीतिमा फेरी फर्कन चाहन्छन् प्रकाश सपुत

Inquiry Nepal Inquiry Nepal April 23, 2026 at 1:15 PM 71 views
<p>काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले समय आएपछि र पार्टीले जिम्मेवारी दिएपछि आफू फेरी पनि राजनीतिमा फर्कन सक्ने बताएका छन् । त्यसो त गत फागुनमा करिब डेढ महिना आफ्ना चलचित्र र गीत संगीतका सम्पूर्ण काम सकेर रउनी राजनीतिमा उत्रिएकी थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सूचीमा परेर पनि उनले सांसद हुने अवसर भने [&#8230;]</p> <p>The post कलाकारितासँगै राजनीतिमा फेरी फर्कन चाहन्छन् प्रकाश सपुत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDail...

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले समय आएपछि र पार्टीले जिम्मेवारी दिएपछि आफू फेरी पनि राजनीतिमा फर्कन सक्ने बताएका छन् । त्यसो त गत फागुनमा करिब डेढ महिना आफ्ना चलचित्र र गीत संगीतका सम्पूर्ण काम सकेर रउनी राजनीतिमा उत्रिएकी थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सूचीमा परेर पनि उनले सांसद हुने अवसर भने पाएनन् । त्यसपछि सक्रिय राजनीति छाडेर उनी आफ्नो पुरानै काममा फर्किएका थिए । प्रकाशमा राजनीतिक रस भने अझै सकिएको छैन ।

उनी यति बेला आफ्नो पछिल्लो चलचित्र ‘परालको आगो’मा व्यस्त छन् । गुरु प्रसाद मैनालीको कथामा निर्माण भएको यो चलचित्र शुक्रवारबाट नेपाल सहित विभिन्न देशमा रिलिज हुँदै छ । चलचित्रको ’boutमा काठमाडौँमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा यी अभिनेताले आफूले पूर्ण रूपमा राजनीति नछाडेको जिकिर गरेका छन् ।

यद्यपि समानुपातिकबाट सांसदमा बनेको भए पनि आफूले चलचित्र ‘परालको आगो’को काम सक्न र रिलिज गर्न समय दिन योजना रहेको उनले सुनाए । प्रकाशको भनाइमा यदि उनी सांसद बनेको भए अहिले जस्तो पूर्ण समय यो चलचित्रको लागि दिन सक्ने थिएनन् । तर, सांसद नभएकोमा उनलाई पछुतो भने छैन । आफू दर्शकको सेवक भएकाले चलचित्र र गीत संगीतबाट अहिले सेवा गरिरहेको पनि यी अभिनेताले बताए । यी कलाकार अहिले चलचित्रको व्यस्ततासँगै नयाँ गीत संगीतको सृजनामा पनि तल्लीन छिन् । चलचित्र ‘परालको आगो’ रिलिज पछि आफ्नो स्वरमा नयाँ गीत पनि उनले ल्याउने भएका छन् ।

आफूले नेपाली विषयमा अध्ययन गरेको कथाकार गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’मा मुख्य भूमिका निर्वाह गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । यो चलचित्रमा उनले अर्का अभिनेता सौगात मल्ल र अभिनेत्री सुहाना थापासँग काम गरेका छन् । लक्ष्मण सुनार निर्देशित यो चलचित्रमा आफूहरूले मैनालीको कथालाई न्याय गर्न ठुलो कोसिस गरेको पनि अभिनेता प्रकाश सपुतले बताएका छन् ।

The post कलाकारितासँगै राजनीतिमा फेरी फर्कन चाहन्छन् प्रकाश सपुत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082