ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपामा बालेन्द्र पक्षलाई महत्वपूर्ण जिम्मेवारी
2082 General Parties Update

रास्वपामा बालेन्द्र पक्षलाई महत्वपूर्ण जिम्मेवारी

Inquiry Nepal Inquiry Nepal April 21, 2026 at 7:25 AM 43 views
<p>काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरेर पार्टीको वरिष्ठ नेतासहित प्रधानमन्त्री भएका बालेन्द्र्र शाह समूहले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएको छ । काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले बालेन्द्र समूहका भूपदेव शाहलाई पार्टी महामन्त्री पदमा मनोनीत गरेको छ । १३ पुस २०८२ मा प्रधानमन्त्री [&#8230;]</p> <p>The post रास्वपामा बालेन्द्र पक्षलाई महत्वपूर्ण जिम्मेवारी appeared ...

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरेर पार्टीको वरिष्ठ नेतासहित प्रधानमन्त्री भएका बालेन्द्र्र शाह समूहले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएको छ । काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले बालेन्द्र समूहका भूपदेव शाहलाई पार्टी महामन्त्री पदमा मनोनीत गरेको छ ।

१३ पुस २०८२ मा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच ७ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्र संसदीय दलको नेता र प्रधानमन्त्री भइसकेका छन् । महामन्त्रीमा नियुक्त शाह प्रधानमन्त्री बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनको सचिवालयमा थिए । गत निर्वाचनमा अछाम क्षेत्र नम्बर–२ बाट पराजित शाहले बालेन्द्रनिकट भएकै कारण पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

देशैभर रास्वपा उम्मेदवार विजयी हुँदै गर्दा शाह ४ हजार ५६२ मत ल्याएर चौथो स्थानमा सीमित भएका थिए । सो क्षेत्रबाट नेकपा (एमाले)का यज्ञबहादुर बोगटी ९ हजार ५१८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याएका थिए ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार शाहलाई महामन्त्रीसहित सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय बैठकले गरेको छ । शाहसहित ढकाल र ज्ञवाली पनि बालेन्द्र समूहबाटै मनोनीत भएका हुन् । रास्वपा सचिवालय अब १६ सदस्यीय भएको छ । रास्वपा विधानअनुसार पार्टी सभापतिले पदाधिकारी अनिवार्यसहित केन्द्रीय सदस्यबाट २५ सदस्यीय सचिवालय गठन गर्ने अधिकार छ । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र सचिवालयमा अटाएका छैनन् ।

सचिवालय र सोमबार केन्द्रीय समितिको बैठक आइतबार बसेको थियो । तर, दुवै बैठकमा वरिष्ठ नेता बालेन्द्र सहभागी भएनन् । सरकारको काममा व्यस्त हुने भएकाले उनी बैठकमा सहभागी नभएको रास्वपाले जनाएको छ । तर, बालेन्द्र मन्त्रिपरिषद्का अन्य मन्त्री भने बैठकमा सहभागी भए । यसैगरी, बैठकले पार्टीको संघीय नेतृत्व मञ्चसमेत दोस्रोपटक विस्तार गरेको छ ।

बैठकले मञ्च विस्तार गर्दै तुलसीप्रसाद चौधरी (सप्तरी), रामसिंह थारु (बर्दिया), जीवन धामी (मोरङ), प्रेमा चौधरी (कैलाली), नवराज राना (कन्चनपुर) र एकराज चौधरी (दाङ) लाई मनोनीत गरेको छ । यसअघि, ४ पुस २०८२ मा विवेकशील साझाबाट आएका १७ सदस्यलाई संघीय नेतृत्व मञ्चमा मनोनीत गरिएको थियो । मञ्चमा रहने सदस्य संख्या अब २३ पुगेको छ ।

सांसददेखि स्वकीयसम्मलाई लेबी
बैठकले विद्यमान लेबी व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको प्रवक्ता झाले बताए । यसअघि सांसदको १६ हजार रहेकोमा त्यसमा एक हजार घटाइएको छ ।

सचिवालयमा को को परे ?
सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, सहमहामन्त्री बिपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ, प्रवक्ता मनिष झा छन् । त्यस्तै, गणेश पराजुली, दिपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोभिता गौतम, हरि ढकाल, सागर ढकाल, सरिताश्री ज्ञवाली सचिवालय सदस्य रहेका छन् ।

रास्वपा विधानमा पार्टीको सचिवालय गठन पार्टी सभापतिले आफू सहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट सभापतिले मनोनीत गरी २५ जनासम्मको सचिवालय गठन गरी केन्द्रीय समितिलाई जानकारी दिनुपर्ने उल्लेख गरिएको छ ।

The post रास्वपामा बालेन्द्र पक्षलाई महत्वपूर्ण जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082