ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा केन्द्रीय समिति बैठक सुरु
2082 General Candidates Update

रास्वपा केन्द्रीय समिति बैठक सुरु

Inquiry Nepal Inquiry Nepal April 20, 2026 at 4:48 PM 68 views
<p>काठमाडौं । सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा ४ बजेदेखि बैठक सुरु भएको हो । बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ । यसका साथै पार्टी [&#8230;]</p> <p>The post रास्वपा केन्द्रीय समिति बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-R...

काठमाडौं । सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा ४ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ । यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा विमर्श हुने सह–महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । तर पहिल्यै एजेन्डा तय भएपनि पार्टीका सांसद तथा गृहमन्त्री सुधन गुरुङको व्यापारिक दीपक भट्टसँग व्यापारिक (सेयर) लगानी रहेको तथ्य बाहिरिएपछि त्यस’bout पनि छलफल हुने आचार्यले बताए ।

‘प्रश्न उठेपछि पार्टीले जवाफ दिनुपर्छ । गृहमन्त्रीको सम्बन्ध’bout कति सत्य हो वा होइन, त्यस’bout केन्द्रीय समिति बैठकमा छलफल हुन्छ’, उनले भने ।

आचार्यका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ । आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन मिति तय, समानुपातिक सांसदहरूको जिम्मेवारी, पार्टीको प्रवास विभाग प्रमुखमा सचिवालय सदस्य दीपक बोहराको नियुक्त लगायत निर्णय गरेको थियो ।

The post रास्वपा केन्द्रीय समिति बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082