ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस कमजोर बनेको छ, गगन थापाले बृहत् एकताको पहल गर्नुपर्छ: मिन विश्वकर्मा
2082 General Commission Analysis

कांग्रेस कमजोर बनेको छ, गगन थापाले बृहत् एकताको पहल गर्नुपर्छ: मिन विश्वकर्मा

Inquiry Nepal Inquiry Nepal April 19, 2026 at 7:59 PM 85 views
नेपाली कांग्रेसका पूर्व प्रचार–प्रसार प्रमुख मिन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद, सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयबारे समीक्षा गर्न आज बैठक बसेको बताएका छन्।...

नेपाली कांग्रेसका पूर्व प्रचार–प्रसार प्रमुख मिन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद, सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयबारे समीक्षा गर्न आज बैठक बसेको बताएका छन्।

आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको फैसला र आगामी राजनीतिक दिशा तय गर्न समिक्षात्मक छलफल गरिएको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसपार्टीको आन्तरिक विवादको विषयमा सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्धा फैसला गरेको छ । त्यो फैसलाको बारेमा मुद्धा दर्ता गर्दा अख्तियारी दिने, नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसमेतलाई विफ्रिङ गर्ने र आगामि पार्टी राजनीतिक कसरी जान्छ भन्ने बारेमा समिक्षात्मक बैठक हो।’

विश्वकर्माले सर्वोच्च अदालतको आदेशप्रति सम्मान जनाउँदै नेपाली कांग्रेसले त्यसलाई मान्ने स्पष्ट पारे। तर अदालतको फैसला र निर्वाचन आयोगले स्थापित नजिर, संविधान, कानून तथा कांग्रेसको विधानसँग बाझिने गरी गरेको निर्णयप्रति गम्भीर असहमति रहेको पनि उनले उल्लेख गरे।

उनले भने, ‘आजको बैठकमा सर्वौच्च अदालतको फैसला, निर्वाचन आयोगको निर्णय संविधान, कानून र काग्रेसको विधानसँग पनि बाझिने गरि गरेको भएपनि हामीले थुप्रै असहमतिका आधारहरु हुँदा हुँदै पनि सर्वोच्च अदालतको स्वतन्त्र न्यायपालिका प्रति सम्मान गर्नका लागि नेपाली कांग्रेसले मान्ने कुरा हामीले अगाडि बताइसकेका छौ । आजको छलफलमा पनि अदालतको आदेशलाई मानेर जाने तर यसमा भएका गम्भिर असहमतिहरुलाई हामीले प्रकट गर्नैपर्छ भन्ने भयो ।’

उनका अनुसार छलफलमा अदालतको आदेश पालना गर्दै त्यसमा भएका असहमतिहरूलाई स्पष्ट रूपमा राख्नुपर्ने निष्कर्ष निकालिएको छ।

उनले नेपालको पहिलो, ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले कमजोर अवस्थामा पुगेको भन्दै पार्टीलाई मजबुत बनाउन बृहत् एकता आवश्यक रहेको बताए।

विश्वकर्माले आयोग वा अदालतबाट म्यान्डेट प्राप्त गरेका नेपाली कांग्रेसका केन्द्रीय कार्यकारी सभापति गगन थापा र उनको कार्यसमितिले एकताको पहल तत्काल गर्नुपर्ने बताए। उनले ढिलाइ भए पार्टीलाई गम्भीर क्षति पुग्न सक्ने चेतावनी दिए।

‘नेपालको इतिहासमा यो मुलुकको पहिलो, ठुलो र लोकतान्त्रिक पार्टी अहिले कमजोर बनेको छ । अब पार्टी मजबुत बनाउने भनेको पार्टीमा बृहत एकता नै हो र त्यो एकताको पहल चै आयोगबाट वा अदालतबाट म्यानडेण्ट प्राप्त गरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यकारी सभापति गगन थापा र उहाँको कार्यसमितिले पहल गर्नुपर्दछ । यो पहल गर्न उहाँले ढिलाई गर्नुभयो भने पार्टीलाई गम्भिर क्षती पुग्न सक्छ,’ उनले भने।

उनले छिट्टै निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरूको काठमाडौंमा बैठक बस्ने, त्यसपछि प्रदेश र जिल्ला स्तरमा पनि चरणबद्ध बैठक आयोजना गरिने जानकारी दिए। साथै बृहत् राष्ट्रिय भेला गर्ने तयारी भइरहेको बताए।

विश्वकर्माले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि रहेकाले पुनरावलोकनमा जाने विषयमा समेत सुझाव आएको बताएका छन्।

commission election 2082