ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्यो
2082 General Election

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्यो

Inquiry Nepal Inquiry Nepal April 18, 2026 at 12:04 PM 48 views
हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।...

राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन् ।

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न यहाँका सबै स्थानीय तहलाई पत्रचार गरिएको छ ।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ७३९ जना मतदाता सङ्ख्या कायम रहेको थियो ।

election election 2082