ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार, कांग्रेसलाई लेखा समिति

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 2:09 PM 54 views
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् । रास्वपाले संसदीय समितिको सभापतिका उम्मेदवार […]

काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् । रास्वपाले संसदीय समितिको सभापतिका उम्मेदवार पनि टुंग्याएको छ ।

बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको हो । रास्वपाले कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशीष गजुरेल, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा सुशान्त वैदिकलाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा भने कांग्रेसलाई दिने तयारी भइरहेको छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल रहने अभ्यास छ । समितिका सभापतिको निर्वाचन शुक्रबार हुनेछ । आजै समितिका सभापतिहरूको मनोनयन हुनेछ । विपक्षी दलहरूको संयुक्त बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसलाई सघाउने सहमति गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका हुन् ।

candidates election 2082