2082 General
Candidates
संसदीय समितिका उम्मेदवार छान्न सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 12:26 PM
56 views
संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक शुरू भएको छ ।  दलको कार्यालय सिंहदरबारमा मध्याह्न सवा १२ बजेदेखि बैठक शुरू भएको हो ।  प्रतिनिधिसभाअन्तर्गतका १० वटा र संयुक्त दुईवटा समिति सभापतिको निर्वाचनका लागि आज मनोनय हुँदै छ । त्यसका लागि उम्मेदवार तय गर्न रास्वपाले बैठक डाकेको हो ।  बैठकमा रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी छन् । यसैगरी, सभापति रवि लामिछाने पनि बैठकमा सह...
संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक शुरू भएको छ । दलको कार्यालय सिंहदरबारमा मध्याह्न सवा १२ बजेदेखि बैठक शुरू भएको हो । प्रतिनिधिसभाअन्तर्गतका १० वटा र संयुक्त दुईवटा समिति सभापतिको निर्वाचनका लागि आज मनोनय हुँदै छ । त्यसका लागि उम्मेदवार तय गर्न रास्वपाले बैठक डाकेको हो । बैठकमा रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी छन् । यसैगरी, सभापति रवि लामिछाने पनि बैठकमा सहभागी छन् ।
candidates
election 2082