ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

बायर्नको रोमाञ्चक जीत, रियल च्याम्पियन्स लिगबाट बाहिरियो

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 8:26 AM 48 views
<p>काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको जर्मन क्लब बायर्न म्युनिख रोमाञ्चक जीत निकालेको छ । स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै बायर्नले सेमिफाइनलको यात्रा तय गरेको छ। घरेलु मैदान एलायन्स एरेनामा भएको दोस्रो लेगको खेलमा बायर्नले म्याड्रिडलाई ४-३ ले हराएपछि समग्रमा ६-४ को नतिजासहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस खेलमा बायर्नका लागि [&#8230;]</p> <p>The post बायर्नको रोमाञ्चक जीत, रियल च्याम्पियन्स लिगबाट बाहिरियो appeared first on RONB post.</p>

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको जर्मन क्लब बायर्न म्युनिख रोमाञ्चक जीत निकालेको छ । स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै बायर्नले सेमिफाइनलको यात्रा तय गरेको छ।

घरेलु मैदान एलायन्स एरेनामा भएको दोस्रो लेगको खेलमा बायर्नले म्याड्रिडलाई ४-३ ले हराएपछि समग्रमा ६-४ को नतिजासहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस खेलमा बायर्नका लागि ह्यारी केन, लुइस डियाज, माइकल ओलीस र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि आर्दा गुलेरले २ र किलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस खेलको अन्त्य तिर रियल म्याड्रिडका एडुआर्ड़ो कामाभिंगा र आर्दा गुलेरले रातो कार्ड पाएका थिए ।

अब च्याम्पियन्स लिगको सेमिफाइनलआमा बायर्न म्युनिखले पिएसजीको सामना गर्ने भएको छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २८ मा हुने छ भने दोस्रो लिग मे ६ मा हुने छ ।

The post बायर्नको रोमाञ्चक जीत, रियल च्याम्पियन्स लिगबाट बाहिरियो appeared first on RONB post.

results election 2082