ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
५ मतको अन्तरले जितेका सांसद पोखरेलले सुनाए अन्तिम रातको त्यो किस्सा
2082 General Parties

५ मतको अन्तरले जितेका सांसद पोखरेलले सुनाए अन्तिम रातको त्यो किस्सा

Inquiry Nepal Inquiry Nepal April 15, 2026 at 8:00 PM 39 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले निर्वाचनमा आफ्नो ५ मतको झिनो अन्तरको जितलाई जनविश्वासको संयोगका रूपमा बुझेका छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले निर्वाचनमा आफ्नो ५ मतको झिनो अन्तरको जितलाई जनविश्वासको संयोगका रूपमा बुझेका छन्।

बुधाबार नागरिक न्युजको डिजिटल संवाद ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले अन्तिम समयमा मतदाताले लिएको निर्णयले आफ्नो जित सुनिश्चित भएको सुनाए।

सांसद पोखरेल ५ मतको अन्तरले आफूलाई निकै जिम्मेवार बनाएको बताए। ‘विदुरले धृतराष्ट्रलाई भनेजस्तै प्रारब्धको सामु पुरुषार्थ व्यर्थ छ भन्ने कुरा मेरो जितमा पनि लागू भयो। यो जितमा थुप्रै कुराहरू जोडिएका छन्।’ उनले भने।

उनले मतदातासँगको भेटघाटको एउटा प्रसङ्ग सुनाउँदै ५ जनाको एउटा समूहले अन्तिम घडीमा मात्र आफूलाई मत दिने निर्णय गरेको सुनाए।

‘एक ठाउँमा ड्राइभिङ काम गर्ने ५ जना मतदाता हुनुहुँदो रहेछ, उहाँहरूले २० गते राति मात्रै रास्वपालाई मत दिने निर्णय लिनुभएको रहेछ,’ उनले थपे, ‘५ मतले जित्नु भनेको तिनै मतदाताको भरोसाको प्रतिफल हो।’

पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसको पकड रहेको एउटा गाउँमा भएको मतदान बहिष्कारले पनि परिणाममा प्रभाव पारेको उल्लेख गरे।

अस्पताल नबनेको विषयलाई लिएर सो गाउँले मतदान नै बहिष्कार गरिदिएपछि प्रतिस्पर्धीलाई जाने मत रोकिएको र त्यसले आफ्नो जितलाई सहज बनाएको उनको विश्लेषण छ।

‘५ मतको यो अन्तर देख्दा कहिलेकाहीँ त म निकै भाग्यमानी रहेछु जस्तो पनि लाग्छ,’ पोखरेलले भने, ‘यति थोरै मतान्तरले जित्दा प्रत्येक मतदातालाई मेरो एक मत नभएको भए के हुन्थ्यो होला भन्ने महसुस गराएको छ। यसले मलाई जनताप्रति अझ बढी उत्तरदायी बनाएको छ।’

parties election 2082