ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
१५ औँ महाधिवेशनका लागि कांग्रेसले गठन गर्‍यो विभिन्न समिति, सभापति थापालाई असन्तुष्ट पक्षसँग संवादको जिम्मा
2082 General Parties

१५ औँ महाधिवेशनका लागि कांग्रेसले गठन गर्‍यो विभिन्न समिति, सभापति थापालाई असन्तुष्ट पक्षसँग संवादको जिम्मा

Inquiry Nepal Inquiry Nepal April 15, 2026 at 6:49 PM 32 views
काठमाडौँ। नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेकाअनुसार बुधवार बसेको केन्द्रिय समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्युरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो । पार्टीको १५ औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न र पार्टीभित्र […]

काठमाडौँ।

नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेकाअनुसार बुधवार बसेको केन्द्रिय समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्युरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो ।

पार्टीको १५ औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न र पार्टीभित्र देखिएका असन्तुष्टिहरू सम्बोधन गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद गर्न सभापति गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

पार्टीका पुराना नेताहरू, पूर्व पदाधिकारीहरूसँग संवाद गरी महाधिवेशनका लागि उपयुक्त वातावरण निर्माण गर्ने प्रवक्ता चालिसेले बताए । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठान उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा गठन गर्ने निर्णय गरेको छ । यसले कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने र नेतृत्व विकासका तालिमहरू सञ्चालन गर्नेछ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा स्थायी प्रकृतिको ‘निर्वाचन ब्युरो’ गठन गरिएको छ ।

यसले निर्वाचनको रणनीति बनाउने, सूचना संकलन गर्ने र सम्भावित उम्मेदवारहरूको पहिचान गर्ने कार्य गर्नेछ । महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सह–महामन्त्रीहरू बद्री सिंह लामा र मुक्ता यादव सदस्य रहेको संगठन सञ्चालन र समन्वय संयन्त्र बनाइएको छ । १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापन गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सह–महामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको सदस्यता व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले बताए ।

त्यसतै संसदभित्र र बाहिर रहेका दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य र संवाद गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको नेतृत्वमा वार्ता संवाद समिति बनाइएको छ । गत भाद्र २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनबारे अध्ययन गर्न काँग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा बनाएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

उक्त प्रतिवेदनको क्षेत्राधिकार, निष्पक्षता र नजिरहरूबारे भोलिको बैठकमा थप छलफल गरी पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने चालिसेले जानकारी दिए । पार्टीको अनुशासन समितिले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको सन्दर्भमा बोल्दै प्रवक्ता चालिसेले विधानभन्दा माथि कोही नभएको बताए ।

अनाधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग भएको विषयमा अनुशासन समितिले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको र यसको मर्यादा राख्नु सबै नेता–कार्यकर्ताको कर्तव्य भएको उनको भनाइ थियो । सरकारले ल्याएको राष्ट्रिय प्रतिवद्धताको साझा अवधारणा र संविधान सुधारका विषयमा काँग्रेसले अध्ययन गरिरहेको उनले बताए ।

बहुदलीय व्यवस्था, संसदीय प्रणाली र कार्यान्वयनको पक्षमा यसले पार्ने प्रभावबारे थप विश्लेषण आवश्यक रहेको भन्दै चालिसेले यसबारे भोलिको बैठकले निर्णय लिने बताए । काँग्रेस केन्द्रिय समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएकाे छ ।

parties election 2082