ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
जनताले मत बदलेका छन्, अब कामबाट विचार बदल्ने पालो हाम्रो हो: सांसद पोखरेल
2082 General Parties

जनताले मत बदलेका छन्, अब कामबाट विचार बदल्ने पालो हाम्रो हो: सांसद पोखरेल

Inquiry Nepal Inquiry Nepal April 15, 2026 at 7:39 PM 43 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले निर्वाचनमा जनताले मत बदले पनि उनीहरूको विचार र विश्वास जित्न काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताएका छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले निर्वाचनमा जनताले मत बदले पनि उनीहरूको विचार र विश्वास जित्न काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइटेलसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रहरी सेवाको लामो अनुभवपछि राजनीतिमा आएका पोखरेलले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी र जनताको घरदैलोमा पुगेर मत माग्ने प्रक्रिया नितान्त फरक रहेको अनुभव सुनाए।

उनले आफूहरू सांगठनिक संरचनाबिनै निर्वाचनमा होमिएको र दुर्गम क्षेत्रका नागरिकलाई बुझाउन निकै मिहिनेत गर्नुपरेको बताए।

‘हामीसँग दरो संगठन थिएन, मात्र जनताको परिवर्तनको चाहना थियो,’ पोखरेलले भने, ‘कतिपय गाउँमा तीन पटकसम्म पुगेर बुझाएपछि मात्र नागरिकहरू मत दिन तयार भएका हुन्।’

उनले अहिले जनताले मत मात्र बदलेको भन्दै अब रास्वपाले आफ्नो कार्यसम्पादनमार्फत नागरिकको विचार नै परिवर्तन गराउनुपर्ने उल्लेख गरे।

सरकारले ल्याएको १८ बुँदे साझा न्यूनतम कार्यक्रम र ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई उनले सकारात्मक रूपमा लिएका छन्।

संसद्को पहिलो अधिवेशन सकिँदा नेपालीहरूमा नयाँ आशा पलाएको बताउँदै उनले अबका ५ वर्ष परिणाममुखी हुनुपर्नेमा जोड दिए।

निर्वाचनमा जम्मा ५ मतको अन्तरले विजयी भएका पोखरेलले पुराना दलहरूको पकड भएको ठाउँमा रास्वपालाई विश्वास गर्नु ठूलो उपलब्धि भएको बताए।

उनले अब जनताको यो भरोसालाई कामको माध्यमबाट पुष्टि गर्नुपर्ने जिम्मेवारी पार्टीका हरेक प्रतिनिधिको काँधमा रहेको सुनाए।

parties election 2082