ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

६ राजनीतिक दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा (पूर्णपाठ)

Inquiry Nepal Inquiry Nepal April 14, 2026 at 2:14 PM 46 views
<p>काठमाडौं । सरकारले फागुन २१ को निर्वाचनपछि राष्ट्रिय दलको मान्यता पाएका ६ दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मस्यौदाबारे वैशाख १० भित्र राजनीतिक दलबाट रायसुझावसमेत माग गरेको छ। ‘२०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्र, वाचापत्र, प्रतिबद्धतापत्रका आधारमा [&#8230;]</p> <p>The post ६ राजनीतिक दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय ...

काठमाडौं । सरकारले फागुन २१ को निर्वाचनपछि राष्ट्रिय दलको मान्यता पाएका ६ दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मस्यौदाबारे वैशाख १० भित्र राजनीतिक दलबाट रायसुझावसमेत माग गरेको छ।

बुंदा-३-राष्ट्रिय-प्रतिवद्धता_ygieuabDownload

‘२०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्र, वाचापत्र, प्रतिबद्धतापत्रका आधारमा तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामाथि सम्बन्धित राजनीतिक दलबाट २०८३ वैशाख १० भित्र राय/सुझाव माग गरिएको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

बालेन्द्र शाह बालेनको नेतृत्वमा नयाँ सरकार गठन भएपछि गत वर्ष चैत १३ गते शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको थियो। उक्त कार्यसूचीको बुँदा नम्बर ३ मा निर्वाचनमा सहभागी सबै राजनीतिक दलले निर्वाचनमा गरेका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्धता तयार गरीसरकारको साझा स्वामित्व लिने विषय उल्लेख थियो।

‘उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ र त्यसपछिका वर्षको वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डासँग आबद्ध गरिनेछ’, मस्यौदामा भनिएको छ। प्रतिबद्धता कार्यान्वयन विभिन्न विषयगत मन्त्रालय तथा निकायले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गर्नेछन्।

यसको प्रभावकारी कार्यान्वयनका निम्ति अनुगमन तथा अन्तरनिकाय समन्वयको कार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिवबाट हुनेछ।

The post ६ राजनीतिक दलका घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा (पूर्णपाठ) appeared first on RONB post.

parties election 2082