ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान
2082 General Results Result

धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान

Inquiry Nepal Inquiry Nepal April 13, 2026 at 3:30 PM 51 views
<p>धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई भव्य रूपमा सम्मान गरेको छ । सोमवार उपमहानगरपालिकाले आयोजना गरेको विशेष समारोहमा ब्यान्ड बाजासहित दोसल्ला र सम्पान पत्र दिएर ९० देखि सतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यालयका सञ्चालक तथा प्रधानाध्यपकलाई सम्मान गरिएको हो । धनगढी नगर प्रमुख गोपाल [&#8230;]</p> <p>The post धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक...

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई भव्य रूपमा सम्मान गरेको छ । सोमवार उपमहानगरपालिकाले आयोजना गरेको विशेष समारोहमा ब्यान्ड बाजासहित दोसल्ला र सम्पान पत्र दिएर ९० देखि सतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यालयका सञ्चालक तथा प्रधानाध्यपकलाई सम्मान गरिएको हो ।

धनगढी नगर प्रमुख गोपाल हमालको उपस्थित रहेको कार्यक्रममा उपप्रमुख कन्दकलाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र उपसचिव नरेन्द्रबहादुर खातीले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

सम्मानित हुने विद्यालयमा १० वटा सामुदायिक र १५ संस्थागत (निजी) रहेका छन् । शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य योगदान पु¥याउने विद्यालयहरूलाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाबाट सम्मानित हुने १० वटा सामुदायिक विद्यालयहरूमा वेहडावावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि, इन्द्रोदय मावि, पञ्चोदय मावि, शारदा मावि (देवरिया), जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि रहेका छन् ।

त्यसैगरी, सतप्रतिश नतिजा हासिल गर्दै सम्मानित हुनेमा एलजी एकेडेमी, बाल्मिकि इन्टरनेश्नल स्कुल, स्वर्णिम शिक्षा सदन, सिद्धार्थ विद्या मन्दिर, मयूर स्कुल, गुरुकुल एकेडेमी, जेसिज एभरेस्ट स्कुल, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेकी, अपि विद्या निकेतन, गोल्डेन ज्योति स्कुल, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेश्नल र दरबार स्कुल रहेका छन् ।

परम्परागत शैलीभन्दा फरक ढंगले ब्यान्ड बाजासहित गरिएको सम्मानले विद्यालय, शिक्षक तथा विद्यार्थीहरूमा उत्साह थपिएको बताइएको छ । कार्यक्रममा धनगढी नगर प्रमुख गोपाल हमालले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा वृद्धि गर्न तथा शैक्षिक वातावरण सुदृढ बनाउन सार्वजनिक सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले उपमहानगरपालिकाको यस पहलले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिलेको बताएका छन् । धनगढी उपमहानगरपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक तथा गुणस्तरीय सुधारमा जोड दिँदै आएको छ ।

The post धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082