ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘सरकारको अपरिपक्व निर्णयका कारण चैत १५ देखि वैशाख १५ सम्म अघोषित शैक्षिक हडताल जस्तो अवस्था देखियो ’
2082 General Parties

‘सरकारको अपरिपक्व निर्णयका कारण चैत १५ देखि वैशाख १५ सम्म अघोषित शैक्षिक हडताल जस्तो अवस्था देखियो ’

Inquiry Nepal Inquiry Nepal April 12, 2026 at 10:47 PM 42 views
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका नेता सरकारको गलत नीतिका कारण शिक्षा क्षेत्रमा अघोषित शैक्षिक हडतालजस्तो अवस्था देखिएको बताउनुभएको छ ।भक्तपुर नगरपालिका–२, यालाछेँस्थित शारदा माध्यमिक विद्यालयको आयोजनामा भएको नयाँ शैक्षिक सत्रको संघारमा वृहत् भेटघाट कार्यक्रम बोल्दै बागमती प्रदेश सभा सदस्य समेत रहेका नेता गोसाईंले शिक्षा क्षेत्रमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । नयाँ […]

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका नेता सरकारको गलत नीतिका कारण शिक्षा क्षेत्रमा अघोषित शैक्षिक हडतालजस्तो अवस्था देखिएको बताउनुभएको छ ।
भक्तपुर नगरपालिका–२, यालाछेँस्थित शारदा माध्यमिक विद्यालयको आयोजनामा भएको नयाँ शैक्षिक सत्रको संघारमा वृहत् भेटघाट कार्यक्रम बोल्दै बागमती प्रदेश सभा सदस्य समेत रहेका नेता गोसाईंले शिक्षा क्षेत्रमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

नयाँ सरकारको अपरिपक्व निर्णयका कारण चैत १५ देखि वैशाख १५ सम्म अघोषित शैक्षिक हडतालजस्तो अवस्था देखिएको उहाँको भनाई थियो ।
उहाँले सरकार ‘मनोगत’ रूपमा सञ्चालन भइरहेको र जनताको हितभन्दा बाह्य शक्तिको प्रभावमा काम गरिरहेको आरोप लगाउनुभयो ।

कार्यक्रमका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारप्रति कडा आलोचना गर्दै शासनप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
बिजुक्छेले समाजवादी विचारलाई कमजोर बनाउने उद्देश्यले शिक्षा प्रणालीमै हस्तक्षेप भइरहेको उल्लेख गर्दै शिक्षालाई ध्वस्त बनाई देशलाई परनिर्भर बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

“अहिलेको शिक्षा प्रणालीले क्षमता भन्दा प्रमाणपत्र मात्रै हेर्छ,” उहाँले भन्नुभयो ,नयाँ पुस्तालाई जिम्मेवार र व्यवहारिक बनाउन शिक्षामा सुधार आवश्यक छ।
विश्व राजनीतिक सन्दर्भ जोड्दै उहाँले एसियालाई सम्भावित द्वन्द्वको केन्द्र बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले असन्तुलित विकास र तीव्र बसाइँसराइका कारण ग्रामीण क्षेत्रका विद्यालयहरू खाली हुँदै गएको बताउनुभयो । उहाँले शिक्षा, उद्योग र रोजगारीलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

parties election 2082