ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एकीकरण एक हप्ताभित्र टुंग्याउने प्रयास : माधबकुमार नेपाल
2082 General Parties Analysis

एकीकरण एक हप्ताभित्र टुंग्याउने प्रयास : माधबकुमार नेपाल

Inquiry Nepal Inquiry Nepal April 11, 2026 at 6:50 PM 61 views
काठमाडौ । काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण एक हप्ताभित्र सम्पन्न गर्ने प्रयास भइरहेको बताएका छन्। उनले निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै गम्भीर समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताए। नेता नेपालका अनुसार हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी छ, जहाँ राष्ट्रिय […]

काठमाडौ ।

काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण एक हप्ताभित्र सम्पन्न गर्ने प्रयास भइरहेको बताएका छन्।

उनले निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै गम्भीर समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताए।

नेता नेपालका अनुसार हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी छ, जहाँ राष्ट्रिय समस्या, राजनीतिक सङ्कट र कम्युनिस्ट आन्दोलनका चुनौतीबारे छलफल भइरहेको छ।

उनले महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीविरुद्ध सक्रिय हुन महिला सङ्गठनलाई आह्वान गर्दै जनताको विश्वास जित्न आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।

parties election 2082