ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक
2082 General Results Result

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

Inquiry Nepal Inquiry Nepal April 11, 2026 at 11:57 AM 51 views
<p>काठमाडौं । नेपालका उदियमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका छन्। उनले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत, सिङ्गापुरका खेलाडी माथि सानदार जीत दर्ता गरेका छन् भने चिन विरुद्ध बराबरी तथा पाकिस्तानसँग एक मात्र हारको नतिजा निकाले सँगै देशको लागि रजत पदक [&#8230;]</p> <p>The post अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-Rajdha...

काठमाडौं । नेपालका उदियमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका छन्।

उनले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत, सिङ्गापुरका खेलाडी माथि सानदार जीत दर्ता गरेका छन् भने चिन विरुद्ध बराबरी तथा पाकिस्तानसँग एक मात्र हारको नतिजा निकाले सँगै देशको लागि रजत पदक जितेकी छिन्।

फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिप अन्तर्गत एशियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गरेका छन्। काजकिस्तानको अल्माटिमा सम्पन्न आठ चरणको टिम प्रतिस्पर्धामा नेपाली टोलीले तीन जीत, एक बराबरी तथा चार खेलमा पराजित हुँदै ७ अंक स्कोर गरेका छन्।

नेपालका लागि गत संस्करणका राष्ट्रिय विजेता मार्भलस इङ्गलिस ब‍ोर्डिङ्ग स्कूलका ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरन कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले सहभागी जनाएका हुन्।

नेपाली टोलीको व्यवस्थापकमा महासंघका सदस्य निरञ्जन प्रजापति तथा प्रशिक्षकका रुपमा रिजेन्द्र राजभण्डारीले उक्त प्रतियोगितामा सहभागी भएका छन्। नेपाली चेस टोलीले प्रतियोगितामा अष्ट्रेलियाको कार्लटोन गार्डेनस् स्कुल सँग २-२ स्कोरको बराबरी, भारतको डोलिङ्गो ड्रिमर्स स्कुललाई ३-१ स्कोर, उज्बेकिस्तानको एम एल् ख्वारिज्मि स्कूललाई ३-१, सिङ्गापुरको राफलेस् गर्ल्स प्राइमरी स्कुल विरुद्ध ३.५ – .५ को स्कोरमा जीत दर्ता गरेका छन्।
यस्तै चाइना, पाकिस्तान, हङकङ र ताजकिस्तानको टोलीसँग कडा प्रतिस्पर्धात्मक खेलहरूमा हार व्यहोर्नु परेको छ।

एशिया, अफ्रिका, अमेरिका र युरोप गरी चार महादेशीय छनोट चरण पश्चात् प्रत्येक चरणको विजेता चार राष्ट्रिय टोलीले टोली डिसेम्बरमा ग्रान्ड फाइनलमा खेल्ने छ। जसमा एशियावाट उज्बेकिस्तानको विज्डम स्कूलले शीर्ष स्थानमा कब्जा जमाई छनौट हुन सफल भएको छ।

काजकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा पुगेका महासचिव धरमबहादुर लामाले फिडे तथा अन्तर्राष्ट्रिय स्कूल चेस महासंघले सन् २०२६ लाई “यर अफ चेस इन स्कूल” घोषणा गरेर विश्वभरका विद्यालयस्तरमा चेस खेलको विकासलाई अझ विशेष महत्व दिएको बताएका छन्।

प्रतियोगितामा एशियन १९ राष्ट्रका २६ टोलीले सहभागी जनाएको अन्तर्राष्ट्रिय चेस खेलमा नेपालले २० औं स्थानमा रहँदै खेल अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन्।

The post अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082