ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९  बाट ५० प्रतिशत नाघ्यो
2082 General Results Result

धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 9:04 PM 54 views
<p>धनगढी । धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षाको नतिजामा उल्लेखनीय सुधार देखिएको छ । यस वर्ष ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको परीक्षाको नतिजाअनुसार पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि क्रमिक रूपमा सुधार हुँदै गएको छ । २०७९ सालमा ९.४७ प्रतिशत मात्र रहेको उत्तीर्ण दर २०८० मा ३०.७९ [&#8230;]</p> <p>The post धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो appeared fir...

धनगढी । धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षाको नतिजामा उल्लेखनीय सुधार देखिएको छ । यस वर्ष ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको परीक्षाको नतिजाअनुसार पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि क्रमिक रूपमा सुधार हुँदै गएको छ ।

२०७९ सालमा ९.४७ प्रतिशत मात्र रहेको उत्तीर्ण दर २०८० मा ३०.७९ प्रतिशत पुगेको थियो। त्यसपछि २०८१ मा ४२.१६ प्रतिशत पुगेको नतिजा २०८२ मा आइपुग्दा ५० प्रतिशतभन्दा माथि पुगेको हो ।

यस वर्ष धनगढीका ४३ वटा सामुदायिक विद्यालयबाट २ हजार ५ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये १ हजार २ सय ७३ जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका छन् ।

The post धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082