2082 General
Parties
Analysis
उपसभामुख निर्वाचन अघि सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक
Inquiry Nepal
Inquiry Nepal
April 10, 2026 at 1:56 PM
83 views
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसेको छ । बैठकमा संसदीय दलको नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने सहभागी छन् । शुक्रबार हुने उपसभामुख निर्वाचन तथा संसदको पहिलो अधिवेशनको समीक्षा गर्न रास्वपा बैठक बसेको हो । रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । उपसभामुखको चुनाव शुक्रबार ४ बजे हुँदैछ । त्यसअघि संघीय संसदको दुवै सदनको बैठकलाई राष्ट्रपति रामचन्द्र पौडे...
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसेको छ । बैठकमा संसदीय दलको नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने सहभागी छन् । शुक्रबार हुने उपसभामुख निर्वाचन तथा संसदको पहिलो अधिवेशनको समीक्षा गर्न रास्वपा बैठक बसेको हो । रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । उपसभामुखको चुनाव शुक्रबार ४ बजे हुँदैछ । त्यसअघि संघीय संसदको दुवै सदनको बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दैछन् ।
parties
election 2082