ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपसभामुख निर्वाचनबारे रणनीति बनाउन रास्वपा संसदीय दलको बैठक बस्दै
2082 General Candidates

उपसभामुख निर्वाचनबारे रणनीति बनाउन रास्वपा संसदीय दलको बैठक बस्दै

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 10:33 AM 57 views
आज हुने उपसभामुख पदको निर्वाचनमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी चुनावी मैदानमा छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचना अनुसार बैठक आजै दिउँसो १:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो।

बैठकको मुख्य कार्यसूची 'उपसभामुखको निर्वाचन' रहेको छ। निर्वाचनमा पार्टीको भूमिका, उम्मेदवारी र अन्य दलहरूसँगको सहकार्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

आज हुने उपसभामुख पदको निर्वाचनमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी चुनावी मैदानमा छन्।

रुबीलाई सत्तारुढ रास्वपाको पनि समर्थन रहेको छ।

candidates election 2082