ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

उपसभामुखको निर्वाचनमा आज: ठाकुर र लामाबीच प्रतिस्पर्धा

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 8:29 AM 60 views
<p>काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुँदैछ । उपसभामुखमा दुईजनाको उमेदवारी परेको छ । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा प्रतिस्पर्धामा छन् । श्रम संस्कृति पार्टीकी रुबी कुमारी (ठाकुर) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले सो पदका लागि उम्मेदवारी दिएका छन् । श्रम संस्कृतिकी ठाकुरलाई सत्तारुढ [&#8230;]</p> <p>The post उपसभामुखको निर्वाचनमा आज: ठाकुर र लामाबीच प्रतिस्पर्धा appeared first on R...

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुँदैछ । उपसभामुखमा दुईजनाको उमेदवारी परेको छ । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा प्रतिस्पर्धामा छन् ।

श्रम संस्कृति पार्टीकी रुबी कुमारी (ठाकुर) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले सो पदका लागि उम्मेदवारी दिएका छन् ।

श्रम संस्कृतिकी ठाकुरलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नेकपालगायत अन्य दलको समर्थन छ । श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित प्रायः भएको छ ।

आज दिउँसो ४ बजे सञ्चालन हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ । ज्ञानबहादुर शाहीले लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावमा राप्रपाकै ताहिर अलि, खुस्बु ओली, भरत गिरिले समर्थक गर्नेछन् ।

त्यस्तै, ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव आरेन राईले गर्नेछन् । उक्त प्रस्तावमा रास्वपाका अशोक चौधरी र अम्बिकादेवी संग्रौलाले समर्थन गर्नेछन् ।

The post उपसभामुखको निर्वाचनमा आज: ठाकुर र लामाबीच प्रतिस्पर्धा appeared first on RONB post.

candidates election 2082