काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी दिएको छ ।
बिहीबार संसद सचिवालय पुगेर दुई जनाले मनोनयन दर्ता गराएका छन् ।
राप्रपाको उम्मेदवार सरस्वती लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही र समर्थकमा भरत गिरी रहेका छन्। जसले रास्वपाले समर्थन गर्यो उही नै उपसभामुख हुने निश्चित छ।
राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको श्रम संस्कृतिले जनाएको छ ।
The post उपसभामुखमा रुबी कुमारी र सरस्वती लामाको उम्मेदवारी appeared first on RONB post.