ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारीलाई रास्वपाको समर्थन
2082 General Candidates

उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारीलाई रास्वपाको समर्थन

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 2:32 PM 54 views
काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । कुमारीलाई सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन […]

काठमाडौँ।

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

कुमारीलाई सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए ।

उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । संसद सचिवालयले उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकेको थियो ।

candidates election 2082