ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपसभामुखमा श्रम संस्कृतिकी ठाकुरलाई रास्वपाकाे समर्थन
2082 General Candidates

उपसभामुखमा श्रम संस्कृतिकी ठाकुरलाई रास्वपाकाे समर्थन

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 2:38 PM 56 views
प्रवक्ता मनिष झाले श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई रास्वपाको समर्थन रहने जानकारी गराएका छन् ।...

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद रुवि कुमारी ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने भएको छ।

प्रवक्ता मनिष झाले श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई रास्वपाको समर्थन रहने सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामाको उम्मेदवार बनेकी छन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उनलाई रास्वपाले पनि समर्थन गरेको दाबी गरेका छन्।

सबैभन्दा ठूलो दलको हैसियतले पनि उपसभामुखमा जितका लागि रास्वपाको समर्थन आवश्यक पर्छ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ।

candidates election 2082