ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
तनहुँमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न, कल्याणकारी योजनाबारे जानकारी
2082 General Election

तनहुँमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न, कल्याणकारी योजनाबारे जानकारी

Inquiry Nepal Inquiry Nepal April 8, 2026 at 2:22 PM 48 views
तनहुँ। गण्डकी प्रदेश अन्तर्गत नेपाली सेनाद्वारा आयोजित भूतपूर्व सैनिक सम्मेलन बुधबार तनहुँको खैरेनीटारमा सम्पन्न भएको छ। देशका विभिन्न भागमा बसोवास गर्दै आएका भूतपूर्व सैनिक तथा उनका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले प्रदान गर्दै आएका कल्याणकारी योजनाबारे जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न संसदीय निर्वाचन सफल बनाउन […]

तनहुँ।

गण्डकी प्रदेश अन्तर्गत नेपाली सेनाद्वारा आयोजित भूतपूर्व सैनिक सम्मेलन बुधबार तनहुँको खैरेनीटारमा सम्पन्न भएको छ। देशका विभिन्न भागमा बसोवास गर्दै आएका भूतपूर्व सैनिक तथा उनका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले प्रदान गर्दै आएका कल्याणकारी योजनाबारे जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न संसदीय निर्वाचन सफल बनाउन नेपाली सेनाले खेलेको भूमिकाको सर्वत्र प्रशंसा भएको उल्लेख गर्नुभयो। उहाँले यसले संगठनको मनोबल अझै उच्च बनाएको बताउनुभयो।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बढ्दै गइरहेका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मुलुकको सुरक्षामा सबै समय चनाखो भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले नेपाली सेनाले सञ्चालन गर्दै आएका कल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो। तर, शान्ति मिसनहरू घट्दै गएकाले आम्दानीका स्रोतमा कमी आएको र यसले कल्याणकारी योजनामा केही चुनौती थपिएको पनि उहाँले बताउनुभयो। यद्यपि, संगठनले यस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप सक्रियता देखाइरहेको उहाँको भनाइ थियो।

सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बसोवास गर्दै आएका भूतपूर्व सैनिकहरूको समस्या तथा गुनासो समेत सुनिएको थियो। प्रधानसेनापति सिग्देलले ती समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो।

election election 2082