ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पूर्व सांसद यादवले गरे चुनावी खर्च विवरण सार्वजनिक
2082 General Candidates Update

पूर्व सांसद यादवले गरे चुनावी खर्च विवरण सार्वजनिक

Inquiry Nepal Inquiry Nepal April 7, 2026 at 7:32 PM 74 views
<p>राजविराज । नेपाली काँग्रेसको तर्फबाट सप्तरीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका दिनेश कुमार यादवले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार निर्वाचन समिक्षा तथा खर्च विवरण सार्वजनिकिरण कार्यक्रम गरेर उनले आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले निर्वाचन कार्यालयमा तोकिएकै समय सिमाभित्र बुझाएको निर्वाचन खर्च विवरण अनुसार कूल [&#8230;]</p> <p>The post पूर्व सांसद यादवले गरे चुनावी खर्च विवरण सार्वजनिक appeared first on राजधानी राष्ट्रिय द...

राजविराज । नेपाली काँग्रेसको तर्फबाट सप्तरीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका दिनेश कुमार यादवले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार निर्वाचन समिक्षा तथा खर्च विवरण सार्वजनिकिरण कार्यक्रम गरेर उनले आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उनले निर्वाचन कार्यालयमा तोकिएकै समय सिमाभित्र बुझाएको निर्वाचन खर्च विवरण अनुसार कूल १० लाख १० हजार खर्च भएको उल्लेख गरेका छन् । मनोनयन दर्तामा १० हजार, झण्डा, ब्यानर, तुलमा एक लाख १७ हजार एक सय, पर्चा पम्पलेट, नमुना मतपत्र छपाईमा एक लाख १५ हजार, गाडी भाडा र इन्धनमा चारलाख ५० हजार मतदाता शिक्षामा दुई लाख दुई हजार पाँच सय, खाना र नास्तामा ६७ हजार तीन सय ५० तथा विविधमा ४८ हजार ५० रुपैयाँ खर्च भएको उनले आफ्नो निर्वाचन खर्च विवरणमा उल्लेख गरेका छन् ।

कार्यक्रममा पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई धन्यवाद दिदै उनले आगामी निर्वाचनमा सफलता हासिल गर्न सबै एकतावद्ध भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

The post पूर्व सांसद यादवले गरे चुनावी खर्च विवरण सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082