काठमाडौं । प्रतिनिधि सभाको सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउनु सबैको साझा दायित्व भएको बताएका छन्।
सभामुखमा निर्वाचित भएपछि अर्यालले सोमबार पहिलो पटक सभा सञ्चालन गर्दै सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालको संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूलभूत मान्यतालाई आत्मसात् गर्दै देशलाई समृद्ध बनाउन संसदीय अभ्यासको आवश्यकता हुन्छ ।
उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव नगर्ने बताए । उनले सदनलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनको हुने समेत बताए ।
सदनबाट परिणाम प्राप्तिका लागि महत्त्वपूर्ण कानुन निर्माण परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले संसद्लाई निष्क्रियता नभई कार्यसम्पादनको थलो बनाउनु आवश्यक रहेको बताए ।
जेनजी आन्दोलनको माग अनुरूप विकास र समृद्धिको बाटोमा राष्ट्रलाई अगाडि बढाउने हुटहुटी भएका हरेक नागरिकहरूको अभिमत बोकेर हामी सबै सदस्यहरू यस गरिमामय संसद्को एकै थलोमा बसी नागरिकहरूको हरेक समस्याको सही समाधानको बाटो पहिल्याउन उपस्थित भएका छौँ ।’ सभामुखको पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए ।
The post ‘कुनै पनि दललाई भेदभाव गर्दिनँ, मेरो भूमिका निष्पक्ष रहन्छ’-सभामुख अर्याल appeared first on RONB post.