ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सामाजिक सञ्जाल तत्काल नियमन गर्न एमाले सांसदको माग
2082 General Parties Alert

सामाजिक सञ्जाल तत्काल नियमन गर्न एमाले सांसदको माग

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 3:38 PM 79 views
काठमाडौँ। नेकपा (एमाले)की सांसद विष्णुमाया विकले राजनीतिक तथा सामाजिक मुद्दा र निर्णय समेत ससामाजिक सञ्जालको प्रभावमा पर्न थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने भन्नेकुरा सामाजिक सञ्जालले निर्धारण गरिहेको उनको […]

काठमाडौँ।

नेकपा (एमाले)की सांसद विष्णुमाया विकले राजनीतिक तथा सामाजिक मुद्दा र निर्णय समेत ससामाजिक सञ्जालको प्रभावमा पर्न थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने भन्नेकुरा सामाजिक सञ्जालले निर्धारण गरिहेको उनको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरिन् । प्रमाण नष्ट गर्ने आधार नभएको भन्दै थुनाबाहिर राखेरै अनुसन्धान अघि बढाउनुपर्ने उनको माग छ । उनले भनिन्, ‘आज कसलाई नेता बनाउने ? कसलाई प्रधानमन्त्री बनाउने ? कसलाई कुन पार्टीको अध्यक्ष बनाउने ? सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ र त्यसकै पछाडि हामी लागिरहेका छौँ । यो सामाजिक सञ्जाल नियमन गरिनुपर्छ । म सभामुखमार्फ सरकारलाई आग्रह गर्न चाहान्छु सामाजिक सञ्जालहरु तुरुन्त नियमन गरियोस् । पार्टी अध्यक्ष एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । उहाँहरुले प्रमाण नष्ट गर्ने कुनै आधार छैन । उहाँहरुले अहिले सत्तामा हुनुहुन्न । उहाँहरुलाई तुरुन्त रिहा गरेर अनुसन्धान अघि बढाइयोस् ।’

सांसद विकले एमाले समर्थक जेन–जी अमिसा पराजुलीमाथि साइबर आक्रमण भएको र हिंसा गरिएको भन्दै आपत्ति जनाइन् ।

parties election 2082