ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा धर्मराज सापकोटाले वस्तुगत सदस्य पदमा दिए उम्मेदवारी
2082 General Candidates

उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा धर्मराज सापकोटाले वस्तुगत सदस्य पदमा दिए उम्मेदवारी

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 3:19 PM 47 views
काठमाडौं ।  यही चैत २९ र ३० गते हुने उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एसोसिएन अफ नेपाल (एसबान) का निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले वस्तुगतर्फको सदस्य पदमा उम्मेदवारी दिएका छन् । आज दिउँसो महासंघमा उपाध्यक्ष शिवहरी घिमिरेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । संघको ६० औँ साधारणसभामा उनले अध्यक्षका प्यानलका वस्तुगत उपाध्यक्षका टोलीबाट सदस्य पदमा निर्वाचित […]

काठमाडौं । 

यही चैत २९ र ३० गते हुने उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एसोसिएन अफ नेपाल (एसबान) का निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले वस्तुगतर्फको सदस्य पदमा उम्मेदवारी दिएका छन् । आज दिउँसो महासंघमा उपाध्यक्ष शिवहरी घिमिरेको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

संघको ६० औँ साधारणसभामा उनले अध्यक्षका प्यानलका वस्तुगत उपाध्यक्षका टोलीबाट सदस्य पदमा निर्वाचित हुन उक्त उम्मेदवारी दिने भएका हुन् ।

उदार दिल । दम्भ, हठ र इगो रहित व्यक्तित्व । सबैका प्रिय, मिलनसार, अपन्त्वको भाव भएका व्यक्तित्वका रुपमा सापकोटा चिन्छन् । उनले नेपालको अर्थतन्त्र सुधारमा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन् ।

नेपाल धितोपत्र बजारमा लगानीकर्ता र नेपाल स्टक एक्सेचन्ज (नेप्से) बीचको मध्यस्कर्ता भई शेयर खरिद र बिक्री गराउने, मर्जिन कारोबार सुविधा दिने, ग्राहकको तर्फबाट धितोपत्र कारोबारमा सहजीकरण गर्ने र धितोपत्र बोर्डको नियममा रही निष्पक्ष कारोबार गराउनमा सापकोटाको ठूलो भूमिका पाउन सकिन्छ ।

वि।सं २०७० साल पुस २४ गते स्टक ब्रोकरको अध्यक्षमा निर्वाचित  भएका उनकोको कार्यकालमा कारोबार सञ्चालन लगानीकर्ताको तर्फबाट नेप्सेमा शेयर खरिद वा बिक्रीको उर्डर प्रविष्ट गर्ने, ग्राहकको सही पहिचान गरी ग्राहक खाता र अनलाइन कारोबार खाता खोल्ने र मर्जिन कारोबार योग्य ग्राहकहरुलाई मर्जिन लेन्डिङ सुविधा प्रदान तथा व्यवस्थापन गर्ने काममा सदैव विशेष योगदान रहेको पाउन सकिन्छ ।

विगत ३ दशकदेखि पुँजीबजार, कर, लेखापरीक्षण, पर्यटन र कृषि क्षेत्रमा समेत क्रियाशील रहँदै आएका छन् । महासङ्घको आगामी नयाँ नेतृत्व चयनका लागि सापकोटा कार्यकारिणी समिति सदस्यको रुपमा उम्मेदवार रहेका छन् ।

कुनै पनि सङ्घसङ्गठन बलियो हुनका लागि अध्यक्ष नै बलियो हुनुपर्छ भन्ने धारणा भएका उनमा फोहोरी राजनीतिको प्रभावले मुलुकलाई असर गर्नुहुन्न भन्ने भनाइ पाउन सकिन्छ ।

उनी भन्छन्, असल नियतले महासङ्घलाई बलियो बनाउन सकिन्छ । महासंघमा हुने पदाधिकारी निजी क्षेत्रको हकहितको रक्षाका लागि सदैव सक्षम नेतृत्व चयन गर्न सफल हुनुपर्नेछ ।

उनी एक बरिष्ठ चार्टड एकाउन्टेनका साथै प्रमुख व्यवसायी धितोपत्र अथवा स्टक ब्रोकर, बैंक तथा वित्तीय क्षेत्र, शिक्षा, पर्यटन, ऊर्जा, कर, राजस्व, लेखा परीक्षण र कृषि क्षेत्रमा समेत संलग्न रहेका  व्यक्तित्वको रुपमा चिनिन्छन् ।

सापकोटाको ३० वर्षदेखि पुँजीबजार, १० वर्षदेखि महासङ्घकै विभिन्न भूमिकामा योगदान रहनाका साथै हाल महासङ्घको पुँजीबजार फोरमको सहसभापति समेत रहेका छन् । सापकोटाको मुख्य व्यवसाय पुँजीबजार हुँदै हाल पनि महासङ्घमा पुँजीबजार फोरमको सहसभापतिको हैसियतमा योगदान गरिरहेका छन् ।

आफू महासंघको पदमा रहे वा नरहेतापनि बरिष्ठ चार्टड एकाउन्टेनको हैसियतले समाजमा सदैव योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । सापकोटा एसबानको २८ औं वार्षिक साधारणसभाबाट २८ मत प्राप्त गरी तत्कालीन समयमा अध्यक्ष पदमा विजयी भएका हुन् ।

सापकोटाले नेतृत्व गर्ने  उक्त महासङ्घ निजी क्षेत्रको नेपालको सबैभन्दा ठुलो सञ्जाल भएको छाता सङ्गठन हो । व्यवसायीलाई भयरहित वातावरणमा व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्न सो महासङ्घको भूमिका सदैव उच्च रहेको छ ।

candidates election 2082