ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
बालेन सरकारबाट पलाएको झीनो आशा
2082 General Parties

बालेन सरकारबाट पलाएको झीनो आशा

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 11:49 AM 47 views
मुगु । नेपालमा प्रधानमन्त्रीको रुपमा बालेन्द्र साहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त प्रधानमन्धी बालेन्द्र साहले हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजय हासिल गरेपछि यो ऐतिहासिक जिम्मेवारी सम्हाल्नुभएको हो । नेपालको इतिहासमै सबैभन्दा कम उमेर ३५ वर्षमै प्रधानमन्त्री बन्ने व्यक्ति र मधेसी मूलको पहिलो प्रधानमन्त्रीसमेत हुनुहुन्छ । नेपाली […]

मुगु । नेपालमा प्रधानमन्त्रीको रुपमा बालेन्द्र साहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त प्रधानमन्धी बालेन्द्र साहले हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजय हासिल गरेपछि यो ऐतिहासिक जिम्मेवारी सम्हाल्नुभएको हो । नेपालको इतिहासमै सबैभन्दा कम उमेर ३५ वर्षमै प्रधानमन्त्री बन्ने व्यक्ति र मधेसी मूलको पहिलो प्रधानमन्त्रीसमेत हुनुहुन्छ ।

नेपाली राजनीतिमा परिवर्तन शब्द जति सुनिन्छ, व्यवहारमा त्यसको अनुभूति कम नै हुने गरेको छ । ठूला राजनीतिक दलहरू सत्ता समीकरण र कुर्सीको खेलमा अल्झिरहँदा स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्छ भन्ने उदाहरण बनेका थिए बालेन साह ।

काठमाडौं महानगरको नेतृत्व छोडेर यतिखेर राष्ट्रकै नेतृत्व सम्हाल्न पुगेका बालेनले सानो मन्त्रिमण्डल गठन गरेर उदाहरणीय बनेका छन् । न्यून आकारको मन्त्रिमण्डल वा छरितो प्रशासनिक संयन्त्रले निर्णय प्रक्रियालाई छिटो मात्र बनाउँदैन, यसले जनताको करबाट संकलित रकम प्रशासनिक खर्चमा भन्दा विकासमा लगाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

बालेन सरकारको सबैभन्दा प्रशंसनीय कार्य शिक्षाक्षेत्रमा देखिएको छ । सरकारी विद्यालयको सुधारका लागि चालेका कदमहरू कार्यान्वयन हुन सकेमा सराहनीय छन् । शिक्षकको राजनीतिक आबद्धता अन्त्यसहित विद्यालयमा राजनीति गर्ने शिक्षकहरूलाई कारबाही गर्ने चेतावनीले शिक्षण संस्थालाई पवित्र बनाउने प्रयास गरेको छ । एसईई परीक्षापछि हुने ब्रिज कोर्स निषेध गरिएको छ । यसले गर्दा महँगो ट्युसन फीबाट अभिभावक जोगिने भएका छन् ।

परीक्षा केन्द्रमै एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण गरी एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने निर्णयले राज्यको व्ययभार बच्ने र परीक्षार्थी छटपटीबाट बच्ने समस्या दूर हुने देखिएको छ । निजी विद्यालयमा जस्तै सुविधा सरकारी विद्यालयमा पु¥याउने लक्ष्यका साथ शौचालय र खानेपानीको व्यवस्थामा सुधार हुने भएका छ । निजी विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिको पारदर्शिता र विपन्न विद्यार्थीको पहुँच सुनिश्चित गरेर शिक्षामा सामाजिक न्यायको प्रत्याभूति गरिएको छ ।

यस्तै सार्वजनिक सेवा लिनका लागि कर्मचारीलाई घुस खुवाउनुपर्ने बाध्यताको अन्त्य गर्न प्रविधिमैत्री सेवालाई जोड दिइएको छ । नक्सा पासदेखि कर तिर्नेसम्मका कामहरू अनलाइनमार्फत हुँदा बिचौलियाहरूको प्रभाव घट्ने देखिन्छ ।

यति हुँदाहुँदै पनि बालेनका सामु चुनौतीका पहाडहरू पनि छन् । कतिपय अवस्थामा कानुनी प्रक्रियाभन्दा ‘पपुलिजम’मा लागेको आरोप पनि उनलाई लाग्ने गरेको छ । तथापि, दशकौँदेखि राजनीतिक क्षेत्र एव्र प्रशासनिक क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने जमर्को र प्रणाली बसाल्ने बालेन सरकारको प्रयासले जनतामा ‘अब त केही हुन्छ कि’ भन्ने आशा जगाएको छ ।

बालेन साहको कार्यशैलीले परम्परागत दलहरूलाई एउटा पाठ सिकाएको छ, जनतालाई ठूला भाषण होइन, साना तर प्रभावकारी परिवर्तन चाहिएको छ । शिक्षामा सुधार, प्रशासनिक मितव्ययिता र सुशासनको प्रत्याभूतिले नै लोकतन्त्रलाई बलियो बनाउँछ । बालेनले जगाएको यो झीनो आशालाई पूर्ण विश्वासमा बदल्न उनले अझै धेरै कानुनी र व्यावहारिक जटिलताहरू पार गर्न बाँकी छ । यदि यो गतिलाई उनले कायम राख्न सके भने समग्र नेपालको कायापलट हुने आशा गर्न सकिन्छ ।

parties election 2082