2082 General
Parties
प्रतिनिधि सभाको आइतबारको बैठकमा केवल सभामुख निर्वाचन नै कार्यसूची
Inquiry Nepal
Inquiry Nepal
April 5, 2026 at 11:12 AM
46 views
काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा केवल सभामुख निर्वाचन नै कार्यसूचीमा छ। संघीय संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूची अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदस्य डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गर्नेछन्। त्यो प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सहरी विकासमन्त्री सुनिल […]
काठमाडौँ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा केवल सभामुख निर्वाचन नै कार्यसूचीमा छ। संघीय संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूची अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदस्य डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गर्नेछन्।
त्यो प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नेछन्। यस बाहेक अन्य कुनै कार्यसूची बैठकमा छैन।
parties
election 2082