ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
डोलप्रसाद अर्याल निर्विरोध सभामुख निर्वाचित
2082 General Parties

डोलप्रसाद अर्याल निर्विरोध सभामुख निर्वाचित

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 11:37 AM 47 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गरेका हुन्। अर्याललाई सभामुखमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र […]

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गरेका हुन्।

अर्याललाई सभामुखमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए।

काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति पनि हुन्।

parties election 2082