ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता नवीकरणमा कडाइ
2082 General Election Analysis

कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता नवीकरणमा कडाइ

Inquiry Nepal Inquiry Nepal April 4, 2026 at 5:19 PM 57 views
काठमाडौ ।  नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप ‘जरा अभियान’ सुरु गरेको छ। चैत २१ गतेदेखि सुरु भएको अभियानअन्तर्गत सदस्यता वितरण तथा नवीकरण देशभर सञ्चालन भइरहेको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानले महाधिवेशन तयारी, संगठनको अवस्था अध्ययन, निर्वाचन समीक्षा र सामाजिक गतिविधिमा जोड दिने काम गर्नेछ। ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले वैशाखभर सदस्यता नवीकरणलाई व्यवस्थित गर्नेछन्। […]

काठमाडौ । 

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप ‘जरा अभियान’ सुरु गरेको छ। चैत २१ गतेदेखि सुरु भएको अभियानअन्तर्गत सदस्यता वितरण तथा नवीकरण देशभर सञ्चालन भइरहेको छ।

महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानले महाधिवेशन तयारी, संगठनको अवस्था अध्ययन, निर्वाचन समीक्षा र सामाजिक गतिविधिमा जोड दिने काम गर्नेछ।

७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले वैशाखभर सदस्यता नवीकरणलाई व्यवस्थित गर्नेछन्। यसपटक वैशाखभित्र नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुने कडा व्यवस्था गरिएको छ।

पार्टीले अब ‘कांग्रेस आईडी’ लागू गर्ने भएको छ, जुन नवीकरणपछि मात्र पाइनेछ र महाधिवेशन प्रक्रियामा सहभागी हुन अनिवार्य हुनेछ। साथै, विगतको निर्वाचनमा पराजयको समीक्षा र संगठन सुदृढीकरणका लागि देशभर अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

election election 2082