ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि
2082 General Commission

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि

Inquiry Nepal Inquiry Nepal April 4, 2026 at 4:59 PM 74 views
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने आयोगले जनाएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि (आइतबार)देखि पुन:सञ्चालन गर्ने भएको छ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुन:सञ्चालन गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने आयोगले जनाएको छ। आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि-इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ।

प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ।

commission election 2082