काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजेताहरूलाई औपचारिक बधाई दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो ।
बिहीबारको प्रतिनिधि सभाको पहिलो बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले दिएको अभिव्यक्ति पनि सच्याएको छ । सोही अभिव्यक्तिका कारण आजको सचिवालय बैठक बसेको थियो ।
‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ ।’
‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ’, बैठकपछि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
The post एमालेले दियो बालेन नेतृत्वको सरकारलाई औपचारिक बधाई appeared first on RONB post.