ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
च्यासलको मूलढोकामा फूल दिएर नेताहरूलाई युवाले गरे खबरदारी
2082 General Parties Update

च्यासलको मूलढोकामा फूल दिएर नेताहरूलाई युवाले गरे खबरदारी

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 3:03 PM 58 views
<p>काठमाडौं । नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । प्रतिनिधि सभाको निर्वाचन, संसदीय दलको नेता चयन र हिजो प्रतिनिधि सभाको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिले गर्दा एमालेभित्र तरङ्ग ल्याएको छ । यहीबिचमा नेतृत्व परिवर्तनको माग लिँदै एमाले युवाहरूको आज पनि पार्टी मुख्यालयमा प्रदर्शन जारी राखेका छन् । दलको नेतामा युवा नेता [&#8230;]</p> <p>The post च्यासलको मूलढोकामा फूल दिएर नेताहरूलाई युवाले गरे खबरदारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रि...

काठमाडौं । नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । प्रतिनिधि सभाको निर्वाचन, संसदीय दलको नेता चयन र हिजो प्रतिनिधि सभाको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिले गर्दा एमालेभित्र तरङ्ग ल्याएको छ ।

यहीबिचमा नेतृत्व परिवर्तनको माग लिँदै एमाले युवाहरूको आज पनि पार्टी मुख्यालयमा प्रदर्शन जारी राखेका छन् । दलको नेतामा युवा नेता सुहाङ नेम्वाङलाई रोकेर बादललाई अघि सारेपछि युवाहरूले हिजोदेखि च्यासलमा प्रदर्शन थालेका थिए ।

पार्टी मुख्यालयमा प्रदर्शनमा रहेका युवाहरूले आज सचिवालय सदस्य बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई फुल दिएर स्वागत गरे। बादलले हिजो सदनमा दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद चर्किएपछि आज आकस्मिक रूपमा सचिवालय बैठक राखिएको हो।

बैठकमा छिर्दै गरेका कार्यवाहक अध्यक्ष बादललाई युवाहरूले आजैको सचिवालय बैठकले केन्द्रदेखि वडा तहसम्म पार्टी पुनर्गठनको निर्णय लिन आग्रह गरे। पार्टी र आम कार्यकर्ताको भावना अनुसार अहिलेको कमिटी विघटन गरेर नयाँ कमिटीमा जाने निर्णय गर्नको लागि सुझाए।

The post च्यासलको मूलढोकामा फूल दिएर नेताहरूलाई युवाले गरे खबरदारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082