काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मनोयन दर्ता गराएका छन्।
अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा सभापति रवि लामिछाने र समर्थकमा सोविता गौतम रहेका छन्।
रास्वपा २ तिहाइ नजिक भएकाले सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना छैन । अर्याल सम्भवत: निर्विरोध निर्वाचित हुने छन् । आज साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ ।
बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेको थियो। सभामुख पदको आइतबार हुने निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोयनको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।
The post सभामुखका लागि डीपी अर्यालले गराए मनोनयन दर्ता appeared first on RONB post.