काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसी खारेजको माग गरेका हुन् । ‘देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका साथ ल्याइएको एमसीसी खारेज गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।’ ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ ।
उनले सबै सांसदको सम्पत्ति छानबिन गर्न पनि माग गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्छ, सरकारले त्यसमा ध्यान देओस्,’ उनले भने।
त्यस्तै राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न को माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताए ।
‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन १८४ चाहिन्छ १८७ हामी पुर्याउँछौं,’ उनले भने ।
The post एमसीसी खारेज गर्न हर्क साम्पाङको माग, ज्ञानेन्द्र शाहीले मागे प्रदेश खारेज appeared first on RONB post.