2082 General
Parties
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याललाई अगाडि बढाउने रास्वपाको निर्णय
Inquiry Nepal
Inquiry Nepal
April 2, 2026 at 5:17 PM
44 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख पदमा पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । अर्याललाई सभामुख बनाउने पार्टी सभापति रवि लामिछानेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । सभामुख पदका लागि यही चैत २२ गते आइतबार निर्वाचन हुँदैछ ।

parties
election 2082