ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
जनमत परिवर्तनका लागि हो, कामबाटै देखाउँछौंः रवि लामिछाने
2082 General Parties

जनमत परिवर्तनका लागि हो, कामबाटै देखाउँछौंः रवि लामिछाने

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 3:31 PM 51 views
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने […]

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गरे । जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि गरे । पार्टी र सरकारले बोलेर भन्दापनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले भने ‘हामीले पाएको मत समर्थनको मत मात्र होइन परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु । हामीले बदल्न सुरु गरिसकेका छौँ । अब हामीले बोलेर मात्र हुँदैन । रास्वपाका हरेक माननीयहरूले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले राम्ररी बोल्नुभन्दा पनि सरकारका कामहरू अझै राम्रोसँग बोल्नेछन् । ती बोल्न सुरु गरिसकेको कुरा पनि निवेदन गर्न चाहन्छु ।’

उनले सुशासनको सवालमा कुनैपनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

parties election 2082